Sunday, May 9, 2021
Home कला बलिउडका स्टारको वास्तविक नाम

बलिउडका स्टारको वास्तविक नाम

,

मुम्बई । भारतका थुप्रै कलाकारले बलिउडमा पाइला टेकेपछि आफ्नो नाम परिवर्तन गरेका छन् । यसरी आफ्नो नाम परिवर्तन गर्नेहरूमा अभिनेता अमिताभ बच्चनदेखि अजय देवगनसम्म छन् । अभिनेता मात्र होइन, थुप्रै अभिनेत्रीले पनि बलिउडमा पाइला टेकेपछि आफ्नो नाम परिवर्तन गरेका छन् ।

अभिनेता अमिताभ बच्चन फिल्ममा आउनुभन्दा अघिसम्म इन्किलाब श्रीवास्तवका रूपमा परिचित थिए । उनका पिता एवं प्रसिद्ध भारतीय कवि हरिवंश राय बच्चनले अमिताभको नाम इन्किलाब राखेका थिए । कलाकारका रूपमा मुम्बई छिरेपछि उनले आफ्नो नाम अमिताभ राखे । बुबाको टाइटललाई उनले थरका रूपमा बच्चन राखे । यसरी इन्किलाब श्रीवास्तव बलिउड छिरेपछि अमिताभ बच्चन भए ।

अर्का अभिनेता सलमान खानले पनि फिल्ममा प्रवेश गर्ने निधो गरेपछि आफ्नो नाम परिवर्तन गरेका हुन् । बलिउडका सफल फिल्म लेखक तथा निर्माता सलिम खानका छोरा सलमानको वास्तविक नाम अब्दुल रसिद सलिम खान थियो । उनी स्कुले जीवनमा पनि अब्दुलका नामले परिचित थिए । पछि उनले आफ्नो नाम परिवर्तन गरेर सलमान खान राखे । ‘मैने प्यार किया’ फिल्मबाट बलिउडमा नायकका रूपमा डेब्यु गरेका उनी त्यसपछि सलमान खानकै रूपमा लोकप्रिय भए ।

अजय देवगनले पनि फिल्ममा आउने भएपछि आफ्नो नाम परिवर्तन गरेर अजय राखेका हुन् । सन् १९९१ मा ‘फूल और काँटे’मा अभिनय गर्नु अघिसम्म उनी विशाल विरु देवगनका नामले परिचित थिए । उनका कलेजका साथीहरूले अहिले पनि अजयलाई विशालकै रूपमा बोलाउँछन् । तर, फिल्ममा आउने भएपछि उनलाई नयाँ नाम राख्न मन लाग्यो । त्यसैले विशालबाट उनले आफ्नो नाम अजय राखेका हुन् ।

अर्का बलिउड अभिनेता अक्षय कुमारले पनि फिल्ममा आएपछि आफ्नो नाम परिवर्तन गरेका हुन् । फिल्ममा आउनुअघि उनी मार्सल आर्ट खेलाडी र होटलमा सेफ थिए । उनको वास्तविक नाम राजीव हरिओम भाटिया हो । फिल्ममा आएपछि उनी राजीव भाटियाबाट अक्षय कुमार बनेका हुन् ।

एक समय भारतीय राष्ट्रिय क्रिकेट खेलाडीका रूपमा समेत चर्चा कमाएका अभिनेता सैफ अली खानको वास्तविक नाम साजिल अली खान हो । उनी भारतका नवबों राज परिवारका हुन् । उनी बलिउड छिरेपछि साजिदबाट सैफ अली खान भएका हुन् ।

बलिउडका अर्का अभिनेता जोन अब्राहमले पनि बलिउड छिरेपछि यो नाम राखेका हुन् । फिल्ममा आउनुअघि उनी फरहानका रूपमा परिचित थिए । स्कुलदेखि कलेजसम्म फरहान अब्राहमका रूपमा परिचित यी अभिनेताले बलिउड छिरेपछि आफ्नो नाम फरहानबाट जोन अब्राहम राखेका हुन् ।

यस्तै, बलिउडमा मिथुन दाका नामले परिचित अभिनेता मिथुन चक्रवतीको वास्तविक नाम यो होइन । उनी फिल्ममा आउनुभन्दा अघि गौरंगा दादाका रूपमा परिचित थिए । उनको वास्तविक नाम गौरंगा चक्रवर्ती हो । अभिनेताका रूपमा बलिउड छिरेपछि उनले आफ्नो नाम गौरंगाबाट मिथुन चक्रवर्ती राखेका हुन् ।

अर्का अभिनेता सनी देओलले पनि फिल्ममा आएपछि आफ्नो नाम परिवर्तन गरेका हुन् । उनको वास्तविक नाम अजयसिंह देओल हो । उनलाई परिवारमा अहिले पनि सनी नभनेर अजय सिंहको नामले नै बोलाउँछन् । बलिउड छिरेपछि उनी सनीको नामबाट लोकप्रिय भएका हुन् । अर्का अग्रज बलिउड अभिनेता दिलिप कुमारको यो नाम पनि फिल्ममा आएपछि राखिएको हो । फिल्ममा आउनुअघि उनी मोहम्मद युसुफ खानका रूपमा परिचित थिए । यो नाम निकै लामो भएपछि उनले फिल्मी नाम दिलिप कुमार राखेका हुन् ।

बलिउड अभिनेता जस्तै केही अभिनेत्रीहरूले फिल्ममा आएपछि आफ्नो नाम परिवर्तन गरेका छन् । बलिउड अभिनेत्री महिमा चौधरी स्कुलमा ऋतुको नामले परिचित थिइन् । उनी फिल्ममा आएपछि ऋतुबाट महिमा चौधरी भएकी हुन् ।

अर्की अभिनेत्री सनी लियोनीको पनि वास्तविक नाम यो होइन । अमेरिकी पोर्न फिल्म उद्योगमा प्रवेश गर्ने क्रममा उनले आफ्नो नाम परिवर्तन गरेर सनी राखेकी हुन् । उनको वास्तविक नाम करनजित कौर बोहरा हो । पछि पोर्न स्टार भएपछि उनी करनजितबाट सनीको नामबाट लोकप्रिय भइन् । बिग बोसमा काम गर्न भारत आएकी उनी त्यसपछि बलिउडमा नायिकाका रूपमा स्थापित भएकी हुन् ।

अर्की नायिका मल्लिका शेरावतले पनि बलिउड प्रवेससँगै यो नाम राखेकी हुन् । उनी बलिउड प्रवेशभन्दा अघि रिमाको नामले परिचित थिइन् । उनको सुन्दरता देखेर एक जनाले हुस्नोकी मल्लिका भन्ने क्रममा मल्लिकाका रूपमा सम्बोधन गर्न थालियो । त्यो नाम रिमालाई निकै मन प¥यो । उनले आफ्नो नाम बदलेर मल्लिका शेरावत राखेकी हुन् । यस्तै, अर्की अभिनेत्री प्रीति जिन्टाको वास्तविक नाम प्रीतम जिन्टा सिंह हो । यो नाम केटा जस्तो भयो भनेर बलिउड प्रवेशका क्रममा उनी प्रितमबाट प्रीति भएकी हुन् ।

(Visited 266 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

साताका लोकप्रिय समाचार

ललिता निवास जग्गा प्रकरणः ढकाललाई छाड्ने विषयमा न्यायाधीशकै राय बाझियो

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुख्य बिचौलिया शोभाकान्त ढकालको मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि पूर्ण इजलासमा गएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र...

सशस्त्रमा डीआईजीसहित १०५ उच्च पद रिक्त, बढुवा प्रक्रिया अगाडि बढाउने मुख्यालयको तयारी

काठमाडौं । सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी) देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ । डीआईजी दुई,...

आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक आज बस्दैछ । पदाधिकारी बैठक हिजोका लागि तय गरिएको भए पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको...

कोरोना संक्रमणबाट पत्रकार दाहालको निधन

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको उमेरमा निधन भएको छ । वैशाख १ गते कोरोना...

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । सोमबार...

ट्रेन्डिङ

प्रवासमा ९१ प्रतिशत नेपाली संक्रमणमुक्त

लन्डन । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत संक्रमणमुक्त भएका छन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हिजो शनिबार साँझसम्म...

दुग्ध क्षेत्रमा २० अर्बको नोक्सानी

काठमाडौं । कोभिड–१९ को महामारीले गरेको लकडानका कारण डेरी तथा उद्योग क्षेत्रमा करिब २० अर्बको नोक्सानी भएको छ । लकडाउनका कारण दुग्ध क्षेत्रको ६०...

चन्द्रागिरीमा हिउँ परेपछि…

काठमाडौँ । राजधानीको चन्द्रागिरी डाँडामा वर्षकै पहिलो पटक हिउँ पर्न सुरू भएको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित...

भुगोल सानो हुँदैमा कुनै राष्ट्र सानो हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मुलुकको क्षेत्रफल सानो हुँदैमा राष्ट्र सानो नहुने बताएका छन् । सरकारको निती तथा कार्यक्रममा उठेका प्रश्नको...

‘प्रधानमन्त्रीको राजीनामा माग्नु अस्थिरताको प्रयास’

काठमाडौं । मुुलुकका विभिन्न क्षेत्रमा कार्यरत प्रतिष्ठित तथा प्रबुद्ध नागरिकले प्रधानमन्त्रीको राजीनामा माग्नु मुलुकलाई अस्थिरतातर्फ लैजाने खेल भएको बताएका छन् । उनीहरूले बुधबार संयुक्त...

६२ विधामा नेपाली आर्ट, कल्चर एन्ड म्युजिक अवार्ड

काठमाडौं । कोरोनाको महामारीबीच पनि सामाजिक दूरी कायम गर्दै आइतबार राजधानीमा नेपाली आर्ट, कल्चर एन्ड म्युजिक अवार्ड २०७७ विभिन्न ६२ विधामा प्रदान गरिएको छ...

कोरोनाले विश्व फिल्मी बजार प्रभावित

न्युयोर्क । कोरोना भाइसर विश्वव्यापी रूपमा फैलिँदै गर्दा विश्वभरिकै मनोरञ्जन बजार प्रभावित भएको छ । कोरोनाको त्रासले सिनेमा हल बन्द हुने क्रम जारी छ...

अपडेट : सिन्धुपाल्चाेककाे घुम्थाङ नागपुजेमा पहिराे जाँदा १२ जना बेपत्ता

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेक जिल्लाकाे बारबिसे नगरपालिकाकाे घुम्थाङ नागपुजेमा पहिराे जाँदा  १२ बेपत्ता भएका छन् घुम्थाङ नागपुजेमा आएकाे पहिराेले नापुले गाउँकाे गाउँका ७ घर बगाएकाे...

अग्रवालमाथिको अनुसन्धान गर्न फेरि १० दिन म्याद थप, गिरोहको समेत खोजी सुरु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यवसायी सुलभ अग्रवालमाथिको अनुसन्धानका लागि तेस्रोपटक म्याद थप गरेको छ । अग्रवालले धेरै विषय लुकाएको...

आयो ‘मेरो दिल’को उनी र म

काठमाडौं । केही दिनयता लकडाउन खुकुलो भएसँग चलचित्र क्षेत्रको चहलपहल पनि बढेको छ । यसैक्रममा चलचित्र क्षेत्रको काम पनि सामान्य रूपमा सुरु हुन थालेको...

एमसीसी परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी...

एकै दिन ९०७० मा काेराेना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७०...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)