हिमताल फुटेर बाढी आएको पुष्टि (भिडियोसहित)

काठमाडौं । सोलुखुम्बुको थामेखोलामा आएको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकप्टरमार्फत स्थलगत निरिक्षण गर्दा पोखरी फुटेर बाढी आएको पुष्टि भएको जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको निरीक्षण गरेको भिडिओमा थामे गाउँमाथिको खुम्बु क्षेत्रका एउटा ताल फुट्दा बाढी आएको देखिन्छ।

शुक्रबार आएको बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।

भिडियो सौजन्यः नेपाल टेलिभिजन

तपाइको प्रतिक्रिया
(Visited 392 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेसबाट १० जना आकांक्षी