सुन्दरहरैचामा ८४ औं निवृत्तभरण दिवस मनाईयो

बिराटनगर । मोरङको सुन्दरहरैचामा निवृत राष्ट्रसेवक समाज नेपालले ८४ औं निवृत्तभरण दिवस मनाईयो छ। सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुरको आफ्नै कार्यालयमा ८४ औं निवृत्तभरण दिवस मनाएको हो। सेवा निवृत्त राष्ट्र सेवक समाज सुन्दरहरैचा नगर कार्य समितिको आयोजनामा पेन्सन डे मनाइएको नगर अध्यक्ष उमाकान्त चौलागाईले जानकारी दिए ।

कार्यक्रमका बिषेश अथिति सेवा निवृत्त राष्ट्र सेवक समाजका केन्द्रिय उपध्यक्ष गोपाल प्रसाद काफ्लेले योजना निर्माणदेखि हेरक क्षेत्रमा विज्ञको आवश्यकता पर्ने भएकोले भूपू कर्मचारीहरूलाई अनुभवको आधारमा स्थानीय सरकारले विज्ञमा नियुक्ति गर्नुपर्ने धारणा राखेका थिए ।

राज्य उदारता भन्दा निरंकुशता तर्फउन्मुख भएको आरोप लगाउदै केन्द्रिय उपध्यक्ष काफ्लेले निवृत राष्ट्रसेवकको सेवा, सुविधा पाउनु पर्ने बिषयमा सरकार गम्भीर रुपमा लाग्नु पर्ने जोड दिएका थिए । उनले राज्यले अन्याय गरे मेची देखि महाकाली सम्म का निवृत्त राष्ट्रसेवकको आवाज उठने बताए।

यस्तै विशिष्ट अथिति अक्षय कोषदाता नेत्र प्रसाद चौलागाईंले राज्यलाई सेवा निवृत राष्ट्र सेवकले राज्यको लागि योगदान दिएको अवस्थामा पेन्सन खोसिने बिषयप्रति चिन्ता व्यक्त गरेका थिए । अग्रज व्यक्तिहरु मेहनत र पसिना चुहाएका सेवा निवृत राष्ट्रसेवकले समाज राम्रो काम गरेको प्रति प्रशंसा ब्यक्त गरे। उनले भने – ‘जेष्ठ नागरिकको भवन निर्माणका लागि हामी जस्ता युवाहरूलाई सहयोग गर्ने अवसर दिनुस, हामी सहयोग गर्न तत्पर छौँ ।’

केन्द्रिय सदस्य मोहन कार्कीले कमिसनमा लागेका सरकारले युवाहरू बिदेशिनुमा राज्य नै लागेको, सेवा निवृत कर्मचारी पाउने सुबिधा रोकेर राखेको आरोप लगाएका थिए। उनले राज्य उदारता भन्दा निरंकुशता तर्फउन्मुख भएको समेत आरोप लगाए। निवृत राष्ट्रसेवकको सेवा, सुविधा पाउनु पर्ने बिषयमा सरकार गम्भीर रुपमा लाग्नु पर्ने जोड दिएका थिए ।

उनले राज्यले अन्याय गरे मेची देखि महाकाली सम्म का निवृत्त राष्ट्रसेवकको आवाज उठने बताए। केन्द्रिय सदस्य मोहन कार्कीले कमिसनमा लागेका सरकारले युवाहरू बिदेशिनुमा राज्य नै लागेको, सेवा निवृत कर्मचारी पाउने सुबिधा रोकेर राखेको आरोप लगाएका थिए ।

कार्यक्रम समापन गर्दै समाका अध्यक्ष उमाकान्त चौलागाईंले राज्यलाई सेवा गरेर अवकाश पाएपछि अब समाजलाई सेवा गर्नुपर्छ भन्ने मान्यता राख्दै निवृत्त राष्ट्रसेवक समाजले बिकृती बिसंगतिलाई परिस्कृत गर्दै अघि बढ्नु पर्ने उल्लेख गरेका थिए। सेना, निजामती कर्मचारी, प्राध्यापक, शिक्षक तथा बैक तथा वित्तीय क्षेत्रमा कार्यरत व्यक्तिहरूले संयुक्त रूपमा पेन्सन डे मनाएका हुन् ।

कार्यक्रमा निवृत राष्ट्र सेवकको समाजमा भुमिका बिषयक निबन्ध प्रतियोगिता समेत आयोजना गरिएको थियो। सुन्दरहरैंचा नगरभित्रका सामुदायिक विद्यालयका ७ वटा विद्यालयका १४ जना विद्यार्थीहरु सहभागी थिए। प्रथम, द्वितीय,तृतीय र सान्त्वना भएका विद्यार्थीहरु नगद र प्रमाणपत्र वितरण गरिएको थियो भने अन्य सहभागी विद्यार्थीहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?