कोरोना संक्रमण रोक्न बारामा निगरानी समिति गठन, समितिमार्फत खबर आउने

बारा । कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले अवलम्बन गरेको लकडाउन अवधी एक महिना पुरा भएको छ । यसै अवधीमा बारा जिल्लामा लकडाउन कार्यान्वयनका लागि जिल्लास्थित सबै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल निकै सकृयताका साथ लागिरहेको छ ।

नेपाल प्रहरी विशेष गरी अपराध अनुसन्धान, लक डाउन कार्यान्वयन तथा कालो बजारी नियन्त्रणमा सकृय भइरहेको छ भने सशस्त्र प्रहरी बल भने विशेष गरी सिमा क्षेत्रमा तैनाथीका अलाबा लक डाउन कार्यान्वयन र शान्ति सुरक्षा कायम गर्न सकृय भएर लागेको पाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल न. १२ गणले बारा जिल्लाको सिमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाउँदै जिल्लामा रहेको सम्पूर्ण सशस्त्र प्रहरी जनशक्तिलाई कोभिड १९ नियन्त्रणका लागि सिमा तथा सोही बमोजिम आवश्यक क्षेत्रमा पारिचालन गरिएको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुबेदीले बताए । उनले सीमा क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको र स्थानीय तहहरुसँग समन्वय गरी निगरानी समिति मार्फत काम अगाडि बढाइएको बताए ।

सामान्य अवस्थामा रहने जनशक्ति भन्दा तीन गुणा बढी संख्यामा हाल सिमा क्षेत्रमा सशस्त्र प्रहरीको जनशक्ति पारिचालन गरी कार्य गरिएको गणका गणपति सुवेदीले बताए । ‘सिमामा हाल हरेक चार सय मिटरदेखि ६ सय मिटरमा सशस्त्र प्रहरी खटिएको छ । आवत जावत रोक्नु नै खटिने सशस्त्र प्रहरिको प्रमुख दायित्व हो,’ सुबेदीले भने ।

सिमामा जम्मा ७ वटा बिओपी मार्फत कार्य गर्दै आएको सशस्त्र प्रहरी बल बाराले थप १७ वटा पोस्ट निर्माण गरी फौजको परिचालन तिब्र बनाएको छ । सुबेदीका अनुसार ६० किलोमिटर सिमा रहेको बारा जिल्लाको सिमा दसगजा क्षेत्रमा मात्र ९१ भन्दा बढी स्थानमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ ।

सशस्त्र प्रहरी बलले स्थायी रुपमा डिउटी, सवारी साधनबाट मोबाइल गस्ती तथा पैदल एवं साइकल गस्ती समेत गर्ने गरेको छ । जिल्लाको सिमा जोडिएका जम्मा २० वडामा सिमा समन्वय तथा निगरानी समिति गठन गरिएको हुनाले सोही स्थानीय निगरानी समितिमार्फत नयाँ व्यक्ति गाउँ तथा सिमानाकामा कोही देखिएको खण्डमा खबर आउने गरेको समेत गणपति सुवेदीले बताए ।

हालसम्म दश जना ब्यक्तिलाई भारतबाट नेपाल प्रवेश गर्न र एक सय पाँच जनालाई नेपालबाट भारत प्रवेश गर्न रोक लगाएको गणपतति सशस्त्र प्रहरी उपरीक्षक सुबेदीले बताए । दसजनामध्य तीन जना नेपाली भएको समेत सुवेदीले बताए ।

जिल्लामा सबै भन्दा पहिले हेल्थ डेस्क सञ्चालन गरेको सशस्त्र प्रहरी बल बाराबाट ४७ हजार भन्दा बढी व्यक्तिले सेवा लिएको जनाइएको छ । ९ वैशाखसम्म सशस्त्र प्रहरी बलले लक डाउन अवधिमा तीन सय ५० भन्दा बढी सवारी साधन नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाएको समेत गणपति सुवेदीले जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 326 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ