गण्डकी कोरोनाको ‘ग्रीन जोन’ : मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश कोरोनामुक्त ‘ग्रिन जोन’ भएको घोषणा गरेका छन् ।
कोरोना भाइरसबाट संक्रमित प्रदेशका २ जना बिरामी उपचारमा निको भएर घर फर्केपछि मुख्यमन्त्री गुरूङले सो घोषणा गरेका हुन् ।

‘बागलुङ रेडजोन हो भन्ने थियो, बागलुङमा पनि दुईवटा भन्दा बढी नदेखिएपछि त्यो पनि ग्रिन जिल्ला हो’, शनिबार पोखराका पत्रकारसँगको कुराकानीमा उनले भने, गण्डकीका ११ वटै जिल्ला ग्रिन जिल्ला ८५ वटै पालिकाहरु ग्रिन छन् ।’
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गर्ने भनेकाले शुक्रबार बागलुङमा उपचारमा रहेकी १९ वर्षकी युवतीको डिस्चार्ज गरिएको र सो सँगै प्रदेश आजको दिनमा कोरोनाबाट मुक्त भएको दाबी गरे। उनले अब यसलाई कायम राखौँ भन्ने आफ्नो धारणा रहेको बताए ।

त्यसअघि ६५ वर्षकी वृद्धाको अघिल्लो साता नै डिस्चार्ज गरिएको थियो । यस्तै, संक्रमण नियन्त्रण नहुँदासम्म नेपालमा पनि लकडाउन लम्ब्याउनु पर्ने उनको धारणा छ । उनले लकडाउनको मोडल परिवर्तन गर्दै निर्माण र उत्पादनका क्षेत्र खोल्नुपर्ने तर्क गरे ।

भारतमा संक्रमण नघट्दासम्म यहाँ लकडाउन खोल्न हतार गर्नुहुन्न । यसमा लापरबाही गर्नु हुन्न भन्ने पक्षमा छु, उनले भने।
गण्डकीमा हालसम्मको पिसिआर टेष्टमा ५ सय ६४ मध्ये ५ सय ४० जनाको नेगेटिभ आएको छ। २ जनाको पोजेटिभ आएकोमा उनीहरू निको भएका हुन् । अरू २२ जनाको रिर्पाेट बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। यस्तै, गण्डकीमा झण्डै ५ हजार जनाको कोरोनाको -यापिड डायनोष्टिक टेष्ट (आरडीटी) गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

फोहोर व्यवस्थापनमा अर्बौंको सरकारी लगानी विवादमा