काठमाडौं । कालजयी गीतकार, संगीतकार एवम् गायक गोपाल योञ्जनको जीवनी’bout नयाँ पुस्तक ‘गोपाल योञ्जन’ प्रकाशन भएको छ । यो पुस्तकलाई गोपाल योञ्जन फाउन्डेसनले प्रकाशन गरेको हो । शनिवार काठमाडौँमा एक समारोहबिच फाउन्डेसनले विविध सांगीतिक कार्यक्रमका साथ यो पुस्तकलाई सार्वजनिक गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र गोपाल योञ्जनका परिवारले यो पुस्तकको डिजिटल प्रति लोकार्पण गरे ।
यसै गरी यो पुस्तकमा लेख रचना प्रकाशन भएका दुई दर्जन भन्दा बढी लेखक स्रष्टाहरूले समारोहमा यो पुस्तकलाई सामूहिक रूपमा लोकार्पण गरे ।

पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री बद्री प्रसाद पाण्डेले कार्यक्रममा प्रत्यक्ष सहभागी हुँदा गोपाल योञ्जनका ’boutमा अझ धेरै कुरा जान्ने अवसर पाएको बताए । यस्ता कालजयी स्रष्टाको जीवनका आरोह अवरोहहरू पुस्तकमा संग्रहित गर्नु गोपाल योञ्जन फाउन्डेसनको सराहनीय कार्य भएको बताए । स्रष्टा गोपाल योञ्जनको गीति क्यासेटहरू, लुप, सिडी, लेख रचना, उनका ’boutमा प्रकाशित पत्रपत्रिका तथा विभिन्न सामग्रीहरू, उनको हार्मोनियम जस्ता दस्ताबेजहरु अमेरिकाका एउटा विश्व विद्यालयमा सुरक्षित रूपमा राखिएको जानकारी पाउँदा आफूलाई अझ धेरै खुसी लागेको पनि मन्त्री पाण्डेले बताए । नेपालका कालजयी स्रष्टाहरूको सृजनालाई आगामी दिनमा नयाँ पुस्तासमक्ष हस्तान्तरण गर्न त्यसलाई कसरी संरक्षित गर्न सकिन्छ भन्ने कुरा प्रति सरकार गम्भीर रहेको पनि मन्त्री पाण्डेले बताए ।
गोपाल योञ्जनकी पत्नी रिन्छेन योन्जनले गोपाल योञ्जनसँगको पहिलो भेटदेखि जीवनका अन्तिम क्षण सम्मका स्मरणहरु सो कार्यक्रममा सुनाइन् । त्यो स्मरणले आफू गोपाल योञ्जनसँगै छु जस्तो महसुस भएको काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बताइन् । कार्यक्रममा उनले भनिन्,‘यस्तो कालजयी स्रष्टाको कृति लोकार्पण तथा सृजना प्रस्तुति कार्यक्रममा काठमाडौँ महानगरपालिकाले पनि सहकार्य गर्न पाएकोमा म साह्रै खुसी छु । हामी यस्ता स्रष्टाहरूको सृजना संरक्षण, प्रस्तुतीकरण तथा संवद्र्धनमा आउँदा दिनमा पनि जोडिएर अघि बढ्ने छौँ ।’
समारोहमा सबैलाई स्वागत गर्दै गोपाल योञ्जन पुत्री सृजना सिंह योञ्जनले बुबाको ’boutमा पुस्तक तयार गर्न आफूहरूले निकै समय लागेको बताइन् । बुबाका कतिपय समकालीनहरूले बुबाको ’boutमा बोल्न नचाहेको र कतिपयबाट बास्तविक कुरा नआएकाले पनि पुस्तक तयार गर्न समय लागेको बताइन् । बुबाको ’boutमा आफूहरूले सत्य तथ्य कुरा मात्र यो पुस्तकमा समेटेको पनि उनले जानकारी गराइन् । आफूलाई प्रायले मितबुबा नारायण गोपाल र बुबा गोपाल योञ्जनबीच सम्बन्ध राम्रो नभएको प्रश्न बारम्बार सोधिन गरेको स्मरण पनि सृजनाले सुनाइन् । त्यो कुराको जवाफ यो पुस्तकमा भएको पनि उनले जनाईन् ।
समारोहमा गोपाल योञ्जनकी पत्नी रिन्छेन योञ्जनले स्कुले जीवनदेखि नै आफू अंग्रेजी गीतको फ्यान भएको र गोपाल योञ्जनलाई भेटेपछि आफूले नेपाली गीत सुन्न थालेको बताइन् । काठमाडौँको सेन्ट जेभियर स्कुल पढ्दा आफूले पहिलो पटक गोपाल योञ्जनसँग सहकार्य गरेको उनले बताइन् । आफूहरू दुवै जना त्यहाँ शिक्षक रहेको र सोही क्रममा प्रेम सम्बन्धमा जोडिएर दाम्पत्य जीवनमा बाँधिएको पनि उनले बताइन् । गोपाल योञ्जनका कृतिहरुलाई सँग्रहित र संरक्षण गर्ने क्रम आफूले लगभग सकेको भन्दै त्यसलाई जोगाएर अर्को पुस्तासम्म पुर्याउने जिम्मेवारी उनले आफ्नो परिवार र नयाँ पुस्तालाई सोही समारोह मार्फत हस्तान्तरण गरिन् ।

गोपाल योञ्जनको एउटा गीत गायक अभिनेता गायक एवम् पाइलट विजय लामाले गोपाल योञ्जनसँग विताएका पलहरुको सो कार्यक्रममा स्मरण गरेका थिए । उनको सो कार्यक्रममा रिन्छेनसँग गोपाल योञ्जनको अर्को गीत पनि गाउने अनुमति मागे ।
पुस्तक लोकार्पण समारोहमा गोपाल योञ्जनका संगीतका विभिन्न धुनहरू प्रत्यक्ष रूपमा बाद्यबादकहरुले पस्कँदै सो कार्यक्रमलाई संगीतमय तुल्याए । दार्जिलिङबाट आएका गायक मनोज सेवा, गायिका बानिका प्रधान, गायक अरुण सुनारलगायतले कार्यक्रममा गोपाल योञ्जनका आधा दर्जन गीतहरू प्रस्तुत गरे ।
शनिवार सार्वजनिक गरिएको पुस्तक गोपाल योञ्जनलाई गोपाल योञ्जन फाउन्डेसनले प्रकाशन गरेको हो । विभिन्न १९ वटा खण्डमा १०८ जना स्रष्टाहरूको लेख यो पुस्तकमा संग्रहित छ । करिब ६०० पृष्ठको यो पुस्तकको मूल्य ९९९ रुपैयाँ राखिएको छ ।










