लस एन्जलस । विश्व प्रसिद्ध गायिका साकिरा एकाएक बिरामी भएपछि उनको एउटा महत्वपूर्ण कन्सर्ट रद्द हुन सक्ने अवस्था आएको छ । जसका कारण आफूहरूलाई करोडौँको क्षति हुने अवस्था आएको आयोजक पक्षले जनाएको छ ।
साकिरा अहिले विश्व सांगीतिक यात्रामा छिन् । उनी आगामी ८ मार्चसम्म विश्वका विभिन्न देशमा आफ्ना सांगीतिक प्रस्तुति दिँदै छिन् । तर उनी अहिले पेटको समस्याका कारण अस्पताल भर्ना भएकी छिन् । जसले गर्दा उनले पेरुमा आफ्नो कन्सर्ट स्थगित गर्न पर्ने अवस्था आएको हो ।
यी ४८ वर्षीया गायिकाले सामाजिक सञ्जालमा सूचना साझा गर्दै शनिवार रातिबाट अस्पतालमा आपतकालीन शय्यामा भर्ना भएर उपचार गराइरहेको बताएकी छिन् । चिकित्सकहरूले उनको पेटको समस्या केही जटिल भएकाले केही दिन आराम गर्नु पर्ने बताएका छन् ।
यसरी दुई दिनपछि हुने कार्यक्रममा सहभागी हुन नपाउने अवस्था’bout उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मलाई तपाईँहरू सबैलाई यो जानकारी गराउँदा साह्रै दुःख लागेको छ कि हिजो राति म पेटको दुखाइका कारण अस्पताल भर्ना भएँ र अहिले उपचारमा छु ।’
डाक्टरहरूले उनलाई कन्सर्टमा सांगीतिक प्रस्तुति नदिन सल्लाह दिएका छन् । जसका कारण पेरुमा हुने कार्यक्रममा आफू प्रस्तुत हुन नसक्ने अवस्था आएको उनले बताएकी छिन् । साकिराले पेरुमा आफ्ना फ्यानहरूको लागि गीत प्रस्तुत गर्न उत्साहित भए पनि त्यो यतिबेला सम्भव नभएको बताएकी छिन् ।
आयोजकले पूर्वनिर्धारित मितिमै कन्सर्ट गर्न उनलाई दबाब दिइरहेका छन् । मंगलबार साकिराको पेरुमा कन्सर्ट रहेको छ । अहिले उनी दक्षिण अमेरिकामा आफ्नो सांगीतिक यात्रामा छिन् ।






