काठमाडौं । अपांगता भएका व्यक्तिहरूलाई सहायता सामग्री उत्पादन र वितरण गर्न नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, एसियाली डेभलपमेन्ट बैक (एडीवी), इम्प्याक्ट हब काठमडौं, राष्ट्रिय अपाङ्गता महासंघ, करुणा फाउन्डेसन र फेबल्याबको सहयोगमा तिन दिने कार्यशाला सम्पन्न भएको छ ।
अपांगता भएका व्यक्तिहरुलाई आवस्यक सामग्रीका बरेमा जानकारी गराउन ८० भन्दा बढीलाई‘नेपाल मेकाथन’ कार्यशालामा सहभागी गराइएको थियो ।
इन्जिनियरहरुले अपांगता भएका व्यक्तिहरुलाई आवस्यक सामाग्री नेपालमै उत्पादन गर्नको लागि कस्ता कस्ता सहायता सामग्री चाहिन्छन् भन्ने’bout अपांगता भएका व्यक्तिहरुसँग सोधपुछ गरी जीवन सशक्त र सक्षम बनाउनको लागि सहायक उपकरणहरू कसरी तयार पार्ने भन्ने सन्दर्भमा छलफल र निस्कर्ष निकालिएको थियो ।
एडिबीको आर्थिक र प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसले सहजीकरण गरेको थियो ।







