अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ ले आगामी क्षेत्रीय अधिवेशनमा सहमति र सहकार्यका आधारमा नेतृत्व चयन गर्ने वातावरण बनाउन सात सदस्यीय सहजीकरण समिति गठन गरेको छ।
महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति तथा प्रदेश (क) र (ख) कार्यसमितिमा सहमतिबाट नेतृत्व चयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न समिति गठन गरिएको हो। क्षेत्रीय कार्यसमितिका सभापति पुष्पराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको सुदूरपश्चिम प्रदेशका सहमहामन्त्री अम्बिका चलाउनेको संयोजकत्वमा ७ सदस्यीय सहजीकरण समिति गठन गरेको क्षेत्रीय उपसभापति तारा प्रसाद खनालले जानकारी दिए ।
समिति सदस्यमा नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह, पूर्व सांसद रामबहादुर विष्ट, सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य वेदप्रकाश तिमिल्सैना, महासमिति सदस्य सुरतबहादुर विष्ट र पदमराज अधिकारी तथा क्षेत्रीय कार्यसमितिका सभापति पुष्पराज शर्मा सदस्य रहेका छन्।
गठित समितिले १० गते हुने क्षेत्रीय अधिवेशनलाई लक्षित गर्दै महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति तथा प्रदेश कार्यसमितिका लागि सहमतिमा नेतृत्व चयन गर्न आवश्यक पहल, समन्वय र सहजीकरण गर्ने बताइएको छ ।
बैठकले पार्टीभित्रको एकता र सहकार्यलाई कायम राख्दै अधिवेशनलाई सौहार्दपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने वातावरण निर्माण गर्न समितिलाई जिम्मेवारी दिएको हो ।
सम्बन्धित समाचार
बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छः अमरेशकुमार सिंह
कैलालीका तीन पालिकामा असोज १ देखि जेईविरुद्ध खोप, १ लाख ८२ हजारलाई लगाइने
प्रधानमन्त्रीको न्युयोर्क भ्रमण, जलवायु न्याय र विपद्को क्षतिपूर्ति प्रमुख प्राथमिकतामा
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान
कांग्रेस इतर समूहको बैठक बस्दै






