दर्पण छाया २ का जोडी पुष्प र सहारा ‘सर्माइ भागेर’ मा

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीले नेपाली चलचित्र दर्पण छाया २ मा एक दशक अघि सँगै नायक नायिकाको रूपमा काम गरेका थिए । त्यसपछि पुष्प र सहारा यति बेला एउटा भिडियोमा सँगै नायक नायिकाकै रूपमा प्रस्तुत भएका छन् ।

गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत सर्माइ भागेर…को भिडियोमा यी जोडी प्रस्तुत भएका हुन् । यी दुईलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत यति बेला प्रस्तुत गरेका छन् ।

सोमबार काठमाडौँस्थित जमलको विश्वज्योति सिनेप्लेक्समा यो गीतको भिडियो रिलिज गरियो । भिडियोमा पुष्प खड्का, सहारा कार्की, गीता अधिकारीसँगै विभिन्न कलाकारहरुको अभिनय रहेको छ ।

अभिनेता पुष्पले गीत नसुन्दै आफूले काम गर्ने सहमति दिएको विमोचन कार्यक्रममा बताए । उनले भने,‘फिरोज र सहारालाई मैले दर्पण छायामा नै भेटेको हो र सुरुआत दिनमा भेटिएर बसेको मित्रता अहिले पनि उस्तै छ । अहिले पुनः एकसाथ काम गर्न पाउँदा मैले पुराना दिनलाई स्मरण गरेँ ।’

यो गीत सुनेपछि आफूले पुष्प र सहारालाई सँगै उतार्ने योजना बनाएर पुन पर्दामा ल्याएको निर्देशक फिरोजले बताए । कार्यक्रममा उनले भने,‘म प्रवासमा रहेता पनि नेपाली गीतसंगीतसँग टाढिन सकेको छैन । हामी एउटा ग्रुप बनाएर बेलाबखतमा गाउने र अभ्यास गर्ने गर्छौँ र सोही क्रममा साथी भुवनले गीत सुनाउनु भएपछि यसलाई नेपाल आएर भिडियो बनाएर सार्वजनिक गरेका हौँ ।’

यो गीतको भिडियोमा विकास दाहालको सम्पादन, राजेन्द्र मोक्तानकोे रंग संयोजन, ज्योति केसीको शृंगार र अर्जुन तिवारीले छायांकन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

epaper

ताजा समाचार

मध्यरातमा प्रहरीले गर्‍यो कोशी प्रदेशका मन्त्रीको घर खानतलासी