गणतन्त्रको विकल्पमा राजतन्त्र हुँदैन, पुर्वराजाले भ्रममा नबसे हुन्छः गृहमन्त्री लेखक

बझाङ । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्पको रुपमा राजतन्त्र हुन सक्छ भन्ने भ्रममा नबस्न पुर्वराजालाई आग्रह गरेका छन । लोकतन्त्रका विरुद्धमा षडयन्त्र गर्ने कोसिश भैरहेको बताउदै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका हुन ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण अन्र्तगतको जिल्ला भुकम्पीय पुर्न निर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाई कार्यालयको उद्घाटन गर्न बझाङ पुगेका गृहमन्त्रि लेखकले समाज उल्टोबाटमा हिड्न नसक्ने बताए । ‘गणतन्त्रको विकल्पको रुपमा राजतन्त्र हुन सक्दैन । उनले भने, ‘यो भ्रममा पुर्वराजा लगायत कसैले पनि नबसे हुन्छ । समाज विकासको विज्ञानको हवाला दिदै उनले समाज अगाडी बढीसके पछि पछाडी फर्किन नसक्ने बताए । ‘लोकतन्त्र, गणतन्त्र र संघियतामा गैसकेको समाज अब फर्केर कुनै पनि निरंकुसतामा आउदैन मन्त्री लेखकले बताए ।

समावेसी चरित्रको राज्य व्यवस्थाका विरुद्धमा षडयन्त्र गर्ने प्रयत्न भैरहेको बताउदै उनले ती षडयन्त्र कुनै हालतमा सफल नहुने उनले दाबी गरे । उनले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले आयोजना गरेको पत्रकार सम्मेलमा उक्त कुरा बताएका हुन् । उनले राजतन्त्रको पक्षमा जनलहर छ भनेर भ्रम फैलाउन खोजिएको बताउदै त्यस्तो नभएको बताए । ‘यो व्यवस्थाका विरुद्धमा षडयन्त्र हुन सक्छन । तर राजतन्त्रका विरुद्धमा जनलहर छ भन्ने कुरा साँचो नभएको उनले बताए ।

फागुन २५ गते राप्रपाले त्रिभुवन विमानस्थलमा पुर्वराजालाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रम अगावै पुर्व राजा ज्ञानेन्द्र शाहलाई नजरबन्दमा राख्न सरकारले तयारी गरिराखेको हल्लाका ’boutमा पत्रकारले राखेको जिज्ञाशामा सरकारले कसैलाई पनि नजरबन्दमा राख्ने’bout सरकारले नसोचेको बताए ।

भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु भएको छ
गृहमन्त्री रमेश लेखकले भुकम्प प्रभावित क्षेत्रमा निजि आवासको पुननिर्माणको कार्य सूरु भएको बताउनु भएको छ । बझाङमा जिल्ला भुकम्पीय पुन निर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन ईकाइ कार्यालय उद्घाटन समारोहमा बोल्दै भुकम्पले प्रभावित भएको जिल्लाहरुमा पुननिर्माणको लागि आवश्यक मापदण्ड नियामावली सँगै आवश्यक बजेटको समेत ब्यबस्था गरी निजि आवासलाई पुननिर्माणको जिल्लामै कार्यालय स्थापना गरी सो कार्यको थालनि भएको बताउनु भएको छ । “निजी आवासको पुननिर्माणको कार्यसँगै सरकारी भवनहरुको पुनःनिर्माणको लागि कार्यान्वयन ईकाईले नै समन्वय गर्नेछ । गृहमन्त्री लेखकले भने , “निजि आवास पुननिर्माणको कार्य स्थानिय तहको महत्वपुर्ण भुमिका रहेको र लाभग्राहि पहिचान तथा छनोट गरी सिफारीस गर्नुहुन्छ त्यति चाँडो नै पुन निर्माणको कार्य सुरु हुन्छ । ”

त्यसैगरी, “भुकम्प जस्ता बिपद्हरुबाट प्रभावितहरुको पुनस्थापना सरकारको प्राथमिकता रहेको बताए । बिकासका कुरामा सत्ता पक्ष मात्रै नभएर सबै मिलेर अगाडी बढेर काम सम्पन्न गर्नु पर्छ । ”

नेपाली काँग्रेसको पार्टी कार्यालयमा कार्यकर्ता संग भेटघाट गर्दै मन्त्रिी लेखकले सरकार पुन निर्माण कार्यका लागेको र यसमा सहजीकरण गर्नका लागी सम्पुर्ण जनप्रतिनिधि र आफ्ना सबै कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

नेपाली काँग्रेसका बझाङ पार्टी सभापती खडक बहादुर बोहराले जिल्लामा भएका सम्पुर्ण विषयका ’boutमा ध्यान आकर्षण गराउदै , साईपाल गाउँपालिका सम्म जोडिने सडक खण्ड, चैनपुर ताक्लाकोट सडक खण्ड, बुंगल नगरपालिकामा ईन्स्पेटको दरबन्दि र जिल्लाको शान्ति सुरक्षाका लागी थप जनशक्ती थप्ने विषय र २ नम्बर क्षेत्रका लागी ईलाका प्रशासन कार्यालयको ब्यावस्थापनका विषयमा जानकारी तथा ध्यान आकर्षण सहित ज्ञापन पत्र बुझाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

epaper

ताजा समाचार

मिटरब्याजसम्बन्धी सबै लिखतहरू सरकारद्वारा अवैध घोषणा