गुल्मी । धुर्कोट गाउँपालिकाले धुर्कोट ग्रेटवाल क्षेत्रमा बृक्षारोपण गरेको छ । आइतबार धुर्कोट ग्रेटवाल भनेर परिचित बुढिकोट क्षेत्रमा बृक्षारोपण गरिएको हो । करिब एक किलोमिटर क्षेत्रमा निर्माण गरिएको ग्रेटवाल पछिल्लो समय पर्यटकीय स्थलको रुपमा परिचित हुदैँ गएको छ । उक्त स्थानमा बृक्षारोपण गरी हराभरा गराउने उदेश्य रहेको उपाध्यक्ष सीता गिरीले बताइन् ।
पालिकाले अमला, टिमुर, तेजपत्ता, धुपी, कल्की, कपुर, अम्बा, बेलपत्र, असारे फुल, वर, कटहर लगायतका प्रजातीका दुई हजार बिरुवा रोपण गरेको छ । बिरुवाहरु डिविजन बन कार्यालयअन्तरगत सिलादी बन नर्सरीबाट ल्याइएको हो । पालिकाले प्रत्येक बर्ष बृक्षारोपण गर्दै आएकोमा यस बर्ष बुढिकोट क्षेत्र अर्थात ग्रेटवाल क्षेत्रमा बृक्षारोपण गरेको गाउँपालिकाका वास शाखा संयोजक छविलाल विश्वकर्माले जानकारी दिए ।
धुर्कोटले ऐतिहासिक धुर्कोट कोट क्षेत्र पूर्वाधार निर्माण तथा बुढिकोट पर्यटकीय क्षेत्र पैदल मार्ग निर्माण गरेको हो । तीन करोड १३ लाख ६८ हजार छ सय २१ रुपैँया ४७ पैसामा निर्माण गरिएको पैदल मार्ग पछिल्लो समय पर्यटकहरुको आकर्षण बनेको छ । पर्यटकीय क्षेत्रमा रहेका ठुला रुखहरुको सट्टा साना फलफुलका बिरुवा रोपण गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।
‘धुर्कोट कोटसँगै जोडेर ग्रेटवालको प्रचार गरेका छौँ ।’ उनले भने, ‘पर्यटकको आकर्षणको केन्द्र बनाउने लक्ष्य छ ।’ बृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालय एवं संघ संस्थाहरु, विद्यार्थी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष पोखरेलले रोपण गरिएका बिरुवाहरुको नियमित संरक्षणको लागि एकजना हेरालु राख्ने योजना रहेको पनि जानकारी दिए ।
सम्बन्धित समाचार
श्रृङ्गेश्वर धाममा एक महिना पुष्करिणी स्नान महोत्सव हुँदै
१५ जना ‘स्मार्ट’ आमा सम्मानित
पर्सामा झगडिया बढे
नगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाइदिएपछि राहदानी विभाग अगाडि आत्मदाह प्रयास
मुख्यसचिव गोविन्दबहादुर कार्कीद्वारा पदबहाली
हिमालय मनसुन स्काउट क्याम्प–२०८३ आयोजना हुँदै, ५० भन्दा बढी विद्यार्थी सहभागी हुने
पूर्वअर्थमन्त्री पाण्डेको निधन
‘सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँ’ : गगन थापा






