मुम्बई । बलिउड अभिनेता आमिर खानको अघिल्लो चलचित्र ‘तारे जमिन पर’ सुपर हिट भएको थियो । अब यी कलाकार तथा निर्देशकले तारे जमिन परको सिक्वेल ल्याउन लागेका छन् । यसको नाम ‘सितारे जमिन पर’ राखिएको छ ।
आमिरको भनाइमा यो चलचित्र घोषणा भएपछि धेरैले सितारे जमिन परको ’boutमा चासो राखेका थिए । अब भने यो चलचित्र तयार भएको आमिर खानले बताएका छन् ।
चलचित्रको फस्ट टिजर सार्वजनिक भएपछि सितारे जमिन परप्रति दर्शकको उत्साह बढेको छ । दर्शकको प्रतिक्रियाले आफूमा पनि उत्साह बढेको यी अभिनेताले बताएका छन् ।
चलचित्रको फस्ट लुक्स र टिजरपछि यसको रिलिज मिति पनि घोषणा गरिएको छ । यो चलचित्र २० जुनबाट विश्वव्यापी चलचित्र घरहरूमा रिलिज हुनेछ ।
चलचित्रको फस्ट लुक्समा आमिर खानसँगै १० नयाँ अनुहारहरू पनि देखाइएको छ । चलचित्रमा धेरै जना कलाकारहरूको सशक्त भूमिका रहेको यसले जनाउँछ ।
आमिर खान प्रोडक्सनको चलचित्र सितारे जमिन परमा आरुष दत्त, गोपी कृष्ण वर्मा, संवित देसाई, वेदान्त शर्मा, आयुष भन्साली, आशिष पेन्डसे, ऋषि शाहानी, ऋषभ जैन, नमन मिश्रा र सिमरन मंगेशकर लगायत १० जना नयाँ कलाकारको अभिनय छ ।
आमिर खानको भनाइमा उनी केही समयको विश्रामपछि सितार जमिन पर मार्फत ठुलो पर्दामा फर्कदै छन् । यस पटक उनीसँगै जेनेलिया देशमुख पनि यो चलचित्रमा छिन् ।
यो चलचित्र आर.एस. प्रसन्नाले निर्देशन गरेका हुन् । प्रसन्नाले शुभ मंगल सावधान जस्तो सफल चलचित्र निर्देशन गरिसकेका छन् । त्यसैले प्रसन्ना पनि यो चलचित्रबाट निकै आसावादी छन् ।
सितारे जमिन पर आमिर खान प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । चलचित्र गीतहरू अमिताभ भट्टाचार्यले लेखेका छन् भने यसको संगीत शंकर–एहसान लयको रहेको छ । चलचित्रको निर्माता आमिर खान र अपर्णा पुरोहित हुन् ।






