रेसुङ्गा (गुल्मी) । गुल्मीको मालिकामा देवरले भाउजूको हत्या गरेको प्रहरीले जनाएको छ । मालिका गाउँपालिका–२, दर्लिङको खोलाखर्कका ४६ वर्षीय बलबहादुर खत्रीले ४२ वर्षीया लिला खत्रीको हत्या गरेको आरोप छ ।
गत असोज २५ गते मादक पदार्थ सेवन गरेका बलबहादुरले भाउजू लिलालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पामा उपचार गराएर घर फर्किने क्रममा प्रहरीले शंका लागेपछि लिलालाई गुल्मी अस्पताल पुर्याएको थियो । अस्पतालमा जाँच गर्ने क्रममा उनको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
प्रहरीले आरोपित बलबहादुरलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । लीलाको शव गुल्मी अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले बताए ।
सम्बन्धित समाचार
विषालु सर्पले डस्यो सहारा
चित्रमा उतारिँदै मौलिकता, रङमा देखिँदै रोङको पहिचान
सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ
दसैंको अग्रिम टिकट कहिलेदेखि ?
एआईजी दाहाललाई सेवाबाट बर्खास्तीको सिफारिस
डिजिटल बोर्डमार्फत सुदूरपश्चिम चिनाउँदै धनगढी उपमहानगर, २३ वटा पर्यटन प्रवर्द्धनात्मक बुकलेट सार्वजनिक
गन्यापधुरा गाउँपालिकाको आफ्नै प्रशासकीय भवनवाट सेवा
एउटै वडाका ४ जना प्रहरी असईमा भर्ना, फेटा-३ मा खुसीयाली





