सिन्धुली । कारको ठक्करबाट मंगलबार एकजना बालकको मृत्यु भएको छ । मदनभण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका वडा नं. ८ खोरभञ्ज्याङमा विएवी ०१८८ नम्बरको कारले ठक्कर दिंदा दुधौली नगरपालिका वडा नं. ७ चिहानडाँडा बस्ने ९–१० वर्षिय बालक मन्देश सदाको मृत्यु भएको छ ।
कारको ठक्करबाट गम्भिर घाईते भएका सदाको उपचारको क्रममा दुधौली नगर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले बताए ।
दुर्घटनामा संलग्न रहेको कार र कार चालक संखुवासभा चैनपुर नगरपालिका १० का रामकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)






