काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सत्ता साझेदारी गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
प्रदेशसभामा देखिएको बजेट निर्माणसम्बन्धी असमझदारी, बजेटविहीन अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यसहित दुवै दलबीच सहमति भएको जनाइएको छ ।
सहमतिअनुसार प्रदेशसभामा दुवै दलले सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन् । प्रदेश सरकारको नेतृत्व कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने सहमति भएको छ ।
यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख छ ।
सम्बन्धित समाचार
रवि–बालेन ‘खटपट’ले अर्थमन्त्री डा. वाग्लेको पद धरापमा
सय दिनमा बालेन सरकारका ८ ‘बलजफती’
सांसदले स्वकीय सचिव राख्न पाउने मन्त्रिपरिषद्को निर्णय
उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको सरुवा (सूचिसहित)
काँग्रेसको संस्थापनइतर समूहद्वारा पार्टी एकताका लागि पाँच बुँदे धारणा सार्वजनिक
‘जनकपुरमा लफडा गृहमन्त्रीको फोन अफ !’
काँग्रेसको इतर समूहले साउन २९ मा राष्ट्रिय भेला गर्ने
अस्पतालको बेडमा रहेका गोपालमान श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी






