राष्ट्रिय कविता महोत्सवमा उत्कृष्ट १० कवि चयन

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार विभिन्न कार्यक्रम गर्दै आफ्नो ६८ औँ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसर पारेर प्रतिष्ठानले हरेक वर्षझैँ यस पटक पनि ‘राष्ट्रिय कविता महोत्सव – २०८२’ आयोजना ग¥यो । सो महोत्सवका लागि यस पटक मुलुकभरबाट २५ जना कविहरू छनौट भएका थिए ।

महोत्सवका कारण प्रतिष्ठानको मुख्य हल सोमबार दिनभर कवितामय बन्यो । मध्यान्नबाट सुरु भएको कविता महोत्सव साँझसम्म चलेको थियो । राष्ट्रिय कविता महोत्सव–२०८२मा सहभागी २५ जना कविहरूले आफ्नो प्रतियोगितामूलक कविता त प्रस्तुत गरे नै । कार्यक्रममा डेढ दर्जन भन्दा बढी अतिथि कविहरूले पनि आफ्ना कविता सुनाए ।

प्रतियोगी २५ कविबाट निर्णायक टोलीले उत्कृष्ट १० कविको घोषणा गरेको छ । यी दश कविले जनही ४० हजार रुपैयाँ सहित चाँडै नै राष्ट्रपतिबाट एक समारोहबिच वर्षको उत्कृष्ट कविको पुरस्कार र पदक पाउने नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रममा जानकारी गराए । सोमबार सो प्रतिष्ठानका विभिन्न कर्मचारीहरूलाई पुरस्कृत तथा रक्तदान कार्यक्रम गर्दै वार्षिक उत्सव मनाइयो ।

महोत्सवमा उत्कृष्ट १० मा चयन भएका कविहरूमा कविता ‘छुटिजानेहरूको नाममा’बाट सिराहाका अविनाश भट्टराई, ‘पिताजी अहाँ के छलौ’ मैथिली कविताबाट मोरङका कर्ण सञ्जय, ‘पृथ्वीको क्रन्दन’ कविताबाट मकवानपुरका किशन पौडेल, ‘भालेको मौन विद्रोह’ कविताबाट लमजुङकी गोमा श्रेष्ठ, ‘औजार’ कविताबाट नवलपरासीका चन्द्रमणि चापागाईँ रहेका छन् । यस्तै ‘तिम्रो गाउँको शून्यता’ कविताबाट रुकुम पश्चिमकी तुलसी केसी, ‘अचेल हरेक रात पहाड रुन्छ’ कविताबाट मकवानपुरकी रमा सुवेदी, ‘नेपाल मेरो घर’बाट सुनसरीका शमूएल कोइराला विश्वकर्मा, नेपाल भाषाको कविता ‘हिउँ सः ले तनाच्वंगु मौन म्हगस’बाट ललितपुरकी सन्ध्या महर्जन र ‘जीवनको महक’ कविताबाट चितवनका सिर्जन अविरल यो महोत्सव उत्कृष्ट १० भित्र पर्दै पुरस्कार जिते ।

राष्ट्रिय कविता महोत्सव – २०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गत वर्षबाटै प्रतियोगितामा प्रथम देखि सान्त्वनासम्मको पुरस्कार प्रणाली हटाएर उत्कृष्ट १० भएका सबैलाई पुरस्कृत गर्ने परम्पराको थालनी गरेको बताए । राष्ट्रिय कविता महोत्सवको ’boutमा विविध जानकारी गराउँदै उनले विभिन्न कार्यक्रम आयोजना गर्दै यस पटक प्रतिष्ठानको ६८ औँ वार्षिक उत्सव मनाएको जानकारी गराए ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कवि नारद मुनी हार्तमछालीले महोत्सवमा प्रस्तुत हुने कविता सबै अब्बल हुने गरेको बताए । नेपाली कविहरूको सबैभन्दा ठुलो महोत्सवको रूपमा परिचित राष्ट्रिय कविता महोत्सवले कविहरूले कविता सृजनामा अझ प्रेरित गर्दै आएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

epaper

ताजा समाचार

क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क