रेलवे प्लेटफर्मदेखि अन्तर्राष्ट्रिय क्षेत्रसम्म अनुपम खेर

मुम्बई । अनुपम खेरले सन २००२ मा चलचित्र ओम जय जगदीशको निर्देशन गरेका थिए । उनी यति बेला फेरी निर्देशकको कुर्सीमा फर्किएका छन् । उनले नयाँ चलचित्र तन्वी द ग्रेट निर्देशन गरेका छन् ।

अनुपमको भनाइमा केवल यो एउटा चलचित्र मात्र नभएर उनको आफ्नै जीवन दर्शनको जीवन्त अभिव्यक्ति हो । चलचित्र’bout उनले भनेका छन् ,‘सपनाहरूको कुनै म्याद समाप्ति मिति हुँदैन भन्ने कुरा दर्सांउने यो चलचित्र मनोरञ्जनको स्रोत मात्र होइन, यसले प्रेरणादायी सन्देश पनि दिन्छ’, राष्ट्रिय रक्षा प्रतिष्ठानमा यो चलचित्रको विशेष प्रदर्शन समारोहमा लामो समयसम्म दर्शकले उभिएर बजाएको ताली (स्ट्यान्डिङ अभेसन)ले चलचित्रको प्रभावलाई पुष्टि गरेको छ ।

अभिनेता अनुपमले आज आफूले यो सफलता हासिल गर्नुको पछाडि ठुलो संघर्ष भएको बताएका छन् । आफू सडकबाट उठेर यहाँसम्म आएको पनि तान्वी द ग्रेटको विशेष समारोहमा उनले बताएका छन् । हुन पनि हिमाचल प्रदेशको शान्त उपत्यकामा अवस्थित शिमलाको एक बालक बलिउडमा यति चम्किलो रूपमा चम्किए की उनी विना हिन्दी चलचित्र उद्योगको कल्पना पनि गर्न नसकिने स्थान उनले बनाएका छन् । एकदमै सामान्य परिवारबाट आएको केटाले अभिनयको दुनियाँमा आफ्नो स्थान कसरी बनाएको छ भन्ने कुरा कुनै चलचित्रको पटकथा भन्दा कम छैन।

बाल्यकालमा मायाले ‘बिट्टु’ भनेर चिनिने अनुपम खेरले शिमलाको फागली स्कुल र लक्कर बजार स्कुलमा पढेका थिए । कलेजका दिनहरूमा, रंगमञ्चप्रतिको झुकाव र अभिनयप्रतिको लगावले उनलाई घरबाट पैसा चोर्न बाध्य बनायो । यो जोसले उनलाई दिल्लीको राष्ट्रिय नाटक विद्यालयमा पु¥यायो । जहाँबाट उनले अभिनयको औपचारिक प्रशिक्षण प्राप्त गरे ।

मुम्बई आएपछि उनले धेरै रात रेलवे प्लेटफर्ममा बिताउनु प¥यो। उनीसँग कोठा भाडा तिर्न पैसा पनि थिएन, तर साहस र आत्मविश्वासको कमी थिएन । अनुपमले आफ्नो पुस्तक ‘द वेस्ट थिंग अबाउट यु इज यु’ मा यस अवधिको कथा उल्लेख गरेका छन् । कसरी उनका बुबाको ‘असफलतासँग नडराऊ, यसलाई विजयमा परिणत गर’ भन्ने उपदेश उनको जीवनको मन्त्र बन्यो भन्ने कुरा पनि उनले यो पुस्तकमा दर्साएका छन् ।

अनुपमको नाम अभिनयको पर्यायवाची बनेको छ । उनले ५०० भन्दा बढी चलचित्रहरूको यात्रालाई अघि बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा चम्किलो पहिचान बनाएका छन् ।

शिमलाको सडकबाट सुरु भएर सिनेमाको आकाशमा पुगेका उनी पहिलो चलचित्रबाटै स्टार भएका थिए । १९८४ मा, महेश भट्टको फिल्म सारांश रिलिज भयो। यसमा अनुपम खेरले २८ वर्षको उमेरमा ६० वर्षीय वृद्धको भूमिका निर्वाह गरेका थिए । उनले आफ्नो पात्रप्रति यति इमानदारी देखाए कि दर्शकले यो नयाँ, साधारण कलाकार हो भनेर विश्वास गर्न सकेनन् । यसबाट उनले आफूलाई अभिनय जगतको एक बलियो स्तम्भ साबित गरे। सुरुमा यो भूमिका उनीबाट खोसिएको थियो । तर आफ्नो दृढ संकल्प र अभिनयले उनले निर्देशकलाई मनाउन सफल भए र आफ्नो पहिलो चलचित्रबाटै त्यो वर्षको फिल्मफेयर अवार्ड जिते ।

त्यसपछि उनले कर्मा, तेजाब, चालबाज, डीडीएलजे, कुछ कुछ होता है जस्ता चलचित्रका हरेक पात्रमा जीवन्तता ल्याउने क्रम जारी राखे । चाहे त्यो कमेडी होस् वा खलनायक, नाटक होस् वा बुबाको भूमिका, अनुपमले हरेक भूमिकामा आफूलाई प्रमाणित गरेका छन्। यसका साथै अनुपम खेरले हलिउडमा पनि आफ्नो अभिनयबाट आफ्नो छाप छोडे। उनले ‘बेन्ड इट लाइक बेकह्याम’, ‘सिल्भर लाइनिंग्स प्लेबुक’ र ‘लस्ट क्युसन’ जस्ता हलिउड चलचित्रमा काम गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि ख्याति कमाएका छन् ।

५४५ भन्दा बढी चलचित्रमा काम गरिसकेका अनुपम खेर अझै पनि युवा ऊर्जा र नयाँ विचारहरूले चलचित्रलाई समृद्ध बनाइरहेका छन् । उनीसँग सँगत गर्नेहरू अनुपम खेर केवल एक अभिनेता मात्र होइनन्, उनी संघर्ष, समर्पण र सपनाहरूको महासागर हुन् भन्छन् । चलचित्र अभिनयको माध्यम मात्र होइन, आत्माको आवाज पनि हो भन्ने कुरा तन्वी द ग्रेट मार्फत उनी फेरि एक पटक प्रमाणित गर्न उनी तयार छन् । शिमलादेखि मुम्बई र त्यसपछि विश्वव्यापी मञ्चसम्मको उनको यात्राले सपनालाई पखेटा दिन उमेर आवश्यक पर्दैन, केवल जोस चाहिन्छ भन्ने कुरा प्रमाणित भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

epaper

ताजा समाचार

शङ्कास्पद गाडी तेर्साएर गरिएको अवरोध प्रयासको विषय संसदमा उठ्यो