गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ मा रहेको श्रृङ्गेश्वर तपोभूमी धाममा एक महिनासम्म दिव्य श्रृङ्गेश्वर मौन पुष्करिणी स्नान महोत्सव हुने भएको छ । श्रृङ्गेश्वर तपोभूमी धाम क्षेत्र संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा यही असार देखि ३० भदौ १ गतेसम्म पुष्करिणी स्नान महोत्सव हुने भएको हो ।
श्रृङ्गेश्वर धामको चौतर्फी प्रवद्र्धन गर्दै त्यस क्षेत्रको ऐतिहासिक, सामाजिक, धार्मिक तथा पुरातात्विक महिमा र महत्व बढ्ने उदेश्यले मेलाको आयोजना गरिएको हो । त्यसैगरी स्थानीय पर्यटन प्रवद्र्धन तथा आर्थिक र धार्मिक सहिष्णुतामा समेत टेवा पुग्ने विश्वासका साथ मेलाको आयोजना गरिएको धाम व्यवस्थापन समितिका सचिव दामेन्द्र पाण्डेले जानकारी दिए ।
मेलामा मौन पुष्करिणी स्नान, पवित्र स्नान र यसको महत्व, राष्ट्रिय कलाकारहरुको भजन प्रस्तुती, देवी देवताका लीलाहरुको प्रदर्शन लगायतका कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।

महोत्सवअन्तरगत १०८ मुलको जल तथा १०८ जडिबुटीको पावन समिश्रणद्धारा पुष्करिणी स्नान, मौन ब्रतद्धारा आन्तरिक शुद्धि, देवपाठी ब्राह्मणद्धारा रुद्राभिषेक तथा वैदिक हवनादी कर्म सम्पन्न गरिने महोत्सव प्रचार प्रचार समितिका संयोजक कपिल गौतमले बताए । मुख्य महोत्सव साउन २४ गतेदेखि नै सुरु भएपनि पुष्करिणी महोत्सव भने असार ३० देखि सुरु हुनेछ । असार ३० गते औँसीका दिन १०८ जना भक्तजनद्धारा १०८ मुलको जल तथा १०८ जडिबुटी पुष्करिणीमा अर्पण गरिने छ ।
महोत्सवमा एक हजार १११ जना भक्तजन सहभागि हुनेछन् । जहाँ प्रत्येक ११ जना मिलेर एक ११ जना मिलेर एक पवित्र टोली निर्माण गरिनेछ । प्रत्येक टोलीले कालिगण्डकीमा पवित्र स्नान गरी मौन ब्रत धारणा गर्दै धाम प्रवेश गर्ने, त्यसपनि १०८ मूलको जल तथा १०८ जडिबुटी सहित पुष्करिणीमा स्नान गर्ने, वेदपाठी ब्राह्मणद्धारा सम्पन्न रुद्राभिषेक तथा हवनादी कर्ममा सहभागि भई दिव्य अनुष्ठान पूर्ण गर्ने प्रमुख व्याख्याता उपेन्द्र न्यौपानेले जानकारी दिए ।
मेलामा दर्शन गर्नाले पाप नष्ट भई पुण्य प्राप्त हुने, मन, वचन र कर्मको पवित्रता हुने, रोग, क्लेश तथा नकारात्मकता उर्जाबाट मुक्ती मिल्ने, भगवान शिवको कृपा एवं आर्शिवाद प्राप्त हुने तथा मानसिक शान्ति, आत्मिक स्थिरता तथा आध्यात्मिक उन्नती हुने आयोजकले जानाएको छ । रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले महोत्सवमा गाउँपालिका संरक्षकको रुपमा काम गर्ने बताए ।
श्रृङ्गेश्वर धामको प्रचारप्रचार गर्नको लागि सडकको कुनामा धामको प्रतिमा बनाइएको, धामसम्म पुग्ने केही सडक पक्की गरिएको, भरतपुर महानगरसँगको समन्वयमा मन्दिर निर्माण गरिएको, धाममा आवश्यक संरचना निर्माण गरिएको लगायतका कामहरु गाउँपालिकाले गरेको अध्यक्ष ज्ञवालीले बताए ।
सम्बन्धित समाचार
मानसिक स्वास्थ्यको कथावस्तु समेटिएको ‘डोपामिन : खुसी र प्रेरणा’ सार्वजनिक
बागलुङमा कुकुरलाई ‘होस्टेल’
मानवअधिकार सुधार गर्न नेपालको नयाँ प्रतिबद्धता
‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने
सूचनाको हकमा कमजोर गाउँका सरकार
राहदानी विभागको सेवा केही दिन बन्द हुने
मुख्यसचिव गोविन्दबहादुर कार्कीद्वारा पदबहाली
बदलिँदो बजारसँगै बदलिँदै कुमालको पेसा






