कम उमेरमै पति गुमाएका भारतीय अभिनेत्री

मुम्बई । भारतीय चलचित्र उद्योग बलिउडमा यस्ता धेरै अभिनेत्रीहरू छन्, जसले विवाह भएको केही महिना देखि वर्ष दिन भित्रै पतिसँग सम्बन्ध विच्छेद समेत गरेका छन् । केही अभिनेत्रीले छोटो समयमै दोस्रो विवाह समेत गरिसकेका छन् । तर केही अभिनेत्रीहरू यस्ता पनि छन्, जसले विवाह भएको केही वर्षमै आफ्नो श्रीमान् गुमाएर बिधुवा हुनु प¥यो । प्रेम विवाह गरेर लामो समयसँगै बस्ने बाचा गरेका अभिनेत्रीहरूे कलकलाउँदो उमेरमै पति गुमाउँदाको पीडाले अहिले पनि दुःखी छन् । उनीहरूलाई बेला बेलामा श्रीमानको याद र एक्लो पनले सताउने गरेको छ । यसरी उमेरमै पति गुमाएका केही अभिनेत्रीहरू यस्ता पनि छन् । जसले त्यसपछि अर्को विवाह समेत गरेनन् । पतिको मृत्युको पीडा भोगेका केही बलिउड अभिनेत्रीहरूको यहाँ चर्चा गरिएको छ ।

रेखा
कम उमेरमै आफ्नो पति गुमाएकी बलिउड अभिनेत्रीमा रेखा अग्रपंक्तिमा पर्छिन । बलिउडकी सदाबहार अभिनेत्रीको उपमा पाएकी रेखाले ३६ वर्षको उमेरमा आफ्नो श्रीमान् गुमाइन् । अभिनेत्री रेखाका पति मुकेश अग्रवालले रेखासँग विवाह भएको सात महिनामै आत्महत्या गरेका थिए । मुकेशले २ अक्टोबर १९९० मा झुन्डिएर आत्महत्या गरेका थिए । त्यसपछि रेखालाई दोस्रो विवाहको लागि परिवारले धेरै पटक दवाव दिएका थिए । तर पनि अभिनेत्री रेखाले आजसम्म दोस्रो विवाह गरेकी छैनन् ।

शान्ति प्रिया
सन १९९०की दशकमा अभिनेत्री शान्ति प्रिया बलिउडमा निकै लोकप्रिय थिइन् । उनको सँगै काम गर्ने क्रममा चलचित्र ‘बाजीगर’का अभिनेता सिद्धार्थ रेसँग प्रेम सम्बन्ध प्रगाढ भएको थियो । सिद्धार्थ त्यति बेला हिन्दी र मराठी चलचित्रका व्यस्त अभिनेता थिए । सोही प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गर्दै सन १९९९ मा शान्ति प्रियाले अभिनेता सिद्धार्थसँग विवाह गरेकी थिइन् । विवाहको ५ वर्ष भित्रै यी अभिनेत्रीले आफ्नो पतिलाई गुमाइन् । सन् २००४ मा उनका पति सिद्धार्थको निधन भयो । पतिको निधन हुँदा अभिनेत्री शान्ति प्रिया केवल ३५ वर्षकी थिइन् । सिद्धार्थ र शान्ति प्रियाका एक सन्तान पनि छन् । सिद्धार्थ बितेको २१ वर्ष भाईसक्दा पनि अझै शान्ति प्रियाले अर्को विवाह गरेकी छैनन् । पटक पटक आएको विवाह प्रस्तावलाई उनले अश्विकार गर्दै आएकी छिन् ।

विजयता पण्डित
विजयता पण्डित सन १९८० देखि ९० को दशककी प्रसिद्ध बलिउड अभिनेत्री हुन् । उनले संगीतकार आदेश श्रीवास्तवसँग प्रेम विवाह गरेकी थिइन् । उनीहरूका दुई सन्तान पनि छन् । उनका पति एवम् संगीतकार आदेशको मल्टिपल माइलोमा रोगको कारण मृत्यु भयो । ४८ वर्षको उमेरमा पति वियोग भोगेकी अभिनेत्री विजयताले त्यति बेला आफूले एक्लो महसुस गरिन् । तर पनि, त्यसपछि उनले अर्को विवाह गरेकी छैनन् ।

मन्दिरा बेदी
बलिउड अभिनेत्री मन्दिरा बेदीले सन २०२१ मा हृदयाघातबाट आफ्नो पति एवम् चलचित्र निर्माता राज कौशललाई गुमाइन् । आफ्नो पतिको यादले अहिले पनि त्यत्तिकै सताउने गरेको उनी बताउँछिन् । मिडियाले कुराकानीको क्रममा पतिको स्मरण गराउँदा अहिले पनि उनी आँसु रोक्न सक्दिनन् । आफूले पतिलाई अथाह माया गर्दै आएको र एक्कासि उनलाई गुमाउँदा जीवनबाट एउटा महत्त्वपूर्ण पाटो खोसिएको जस्तो लाग्ने गरेको उनको कथन छ । मन्दिराको एक छोरा र एक छोरी छन् । दुई सन्तानलाई हेरेर पतिको याद मेट्ने गरेको उनी बताउँछिन् ।

कहकशन पटेल
बलिउड तथा पन्जाबी चलचित्रकी अभिनेत्री कहकशन पटेलले पनि विवाह भएको ६ वर्षमै आफ्नो पति गुमाइन् । यी अभिनेत्रीले व्यवसायी आरिफ पटेलसँग सन २०१२ मा विवाह गरेकी थिइन् । विवाह पछि आफ्नो परिवारसँग रमाएकी कहकशनले सन २०१८ मा आफ्नो पतिलाई गुमाइन् । २०१८ मा, उनका श्रीमानको हृदयाघातका कारण मृत्यु भएको हो । उनीहरूका दुई छोरा छन् । उनलाई पनि परिवारबाट दोस्रो विवाहको दवाव नआएको हैन । तर दोस्रो विवाह गर्ने चाहना अहिले नभएको उनले बताएकी छिन् ।

विद्या मालवदे
बलिउड अभिनेत्री विद्या मालवदेले पनि विवाह गरेको तीन वर्षमै आफ्नो पति गुमाइन् । उनले २४ वर्षको उमेरमा क्याप्टेन अरविन्द सिंह बग्गासँग प्रेम विवाह गरेकी थिइन् । उनी एयर होस्टेज हुँदा विद्याको अरविन्दसँग प्रेम सम्बन्ध जोडिएको थियो । यी दुईले १९९७ मा विवाह गरेका थिए । तर विवाहको तीन वर्षपछि विद्याको पतिको विमान दुर्घटनामा मृत्यु भयो । त्यति बेला विद्या केवल २७ वर्षकी थिइन् । पतिको निधन पछि उनले निद्राको औषधि खाएर आत्महत्या गर्ने प्रयास समेत गरिन् । उनका बुबाले समयमै अस्पताल लगेर उनलाई बचाए । विद्या चलचित्रमा व्यस्त हुँदा हुँदै पनि एक्लो महसुस गर्दै डिप्रेसनमा गईन् । सोही कारण पति बितेको नौ वर्षपछि परिवारले उनको अर्को विवाह गरी दिएका छन् । पहिले पनि पहिलो पतिको याद आउने गरेको उनी बताउँछिन् ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभुती गरेनन् : प्रभु साह