अख्तियारको पत्राचारप्रति मिडिया अलाइन्सको ध्यानाकर्षण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकालाई गरेको पत्राचारप्रति मिडिया अलाइन्सको ध्यानाकर्षण भएको जनाएको छ । अलाइन्सले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक दैनिक पत्रिकामा प्रकाशित एउटा समाचारसँग सम्बन्धित अडियोको श्रोत, अडियो उपलव्ध गराउने व्यक्तिको नाम र सम्पर्क नम्बरसमेत उल्लेख गरेर अडियो उपलव्ध गराउन गरेको पत्राचारप्रति यस मिडिया अलाइन्स नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’

आर्थिक दैनिकले ११ असार २०८२ मा प्रकाशन गरेको ‘सामान्य प्रशासन मन्त्री गुप्ताद्वारा लाखौको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी’ शीर्षकको समाचार र १८ साउन २०८२ मा प्रकाशन गरेको ‘७० लाख घुसकाण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण’ भन्ने समाचारसँग सम्वन्धित अडियोको प्राप्तिको श्रोत, अडियो उपलव्ध गराउने व्यक्तिको नामथर, सम्पर्क नम्बर र प्राप्त भएको मितिसमेत उपलव्ध गराउन भनी अख्तियारले पत्राचार गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको यो पत्राचार नेपालको संविधान, प्रचलित कानुन र प्रचलित पत्रकार आचारसंहितासमेतको विपरित भएको अलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘समाचारको गोप्य श्रोतको संरक्षण गर्नु पत्रकार र सञ्चारमाध्यमको कर्तव्य हो । सूचना प्रदान गर्ने श्रोतको गोपनियताको रक्षा गर्नु पत्रकार र संचारमाध्यमको परम कर्तव्य हो भन्ने तथ्या नभूल्न हामी अपील गर्दछौँ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र पत्रकारिताको संवैधानिक मर्मविपरित आर्थिक दैनिकलाई गोप्य समाचारको श्रोतका सम्पूर्ण विवरण उपलव्ध गराउन गरेको यो पत्राचार तत्काल फिर्ता लिन, आइन्दा संचारमाध्यमसँग यस्ता पत्राचार गरी गोप्य श्रोत खोल्न दवाव नदिन समेत अलाइन्सले आग्रह गरेको छ ।

अलाइन्सको यो आग्रहलाई वेवास्ता गरी पटक पटक संचारमाध्यममाथि संवैधानिक अंगबाटै दवाव दिने काम जारी रहेमा कानुनीलगायतका आवश्यक उपचार खोज्न बाध्य हुने चेतावनीसमेत अलाइन्सले दिएको छ ।

साथै सञ्चारमाध्यमहरुलाई सूचना पाउने जनताको अधिकारमा कुनै पनि शक्ति र सरकारका अंग तथा निकायसँग नझुक्न र दवावमा नपरी भयरहित ढंगले प्रचलित पत्रकार आचारसंहिताको परिधिभित्र रहेर समाचार संप्रेषण गर्न आह्वान पनि अलाइन्सले गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश