भाषा आयोगले भन्यो– इम्बोस्ड नम्बर नेपालीमै लेख्नू

काठमाडौं । भाषा आयोगले सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै राख्न सरकारको ध्यानाकर्षण गराएको छ ।

इम्बोस्ड नम्बरमा लेखिने अक्षर अंग्रेजी भाषामा राख्ने निर्णय भएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ । यस विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेका बेला आयोगले नेपाली भाषामै नम्बर राख्न भनेको हो ।

आयोगले अंग्रेजी भाषालाई संविधानले नै नचिनेको भाषा भन्दै सवारीसाधनको विद्युतीय नम्बरप्लेट नेपाली भाषामा राख्न स्मरण गराएको छ ।

आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले मंगलबार एक विज्ञप्ती जारी गर्दै ‘संविधानको धारा ७ को उपधारा १ मा देवनागरी लिपीमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा भएकाले विद्युतीय संकेत संख्या नेपाली भाषामा राख्न’ स्मरण गराएको छ ।

सरकारी कामकाजको भाषामा संविधानमै लेखिएको बाहेकको हकमा भाषा आयोगको सिफारिस आवश्यक हुने संवैधानिक प्रावधान स्मरण गराउँदै घुमाउरो हिसाबले सरकारलाई आफ्नो निर्णयमा गम्भीर हुन ध्यानाकर्षण गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने तयारी