बागलुङ बसपार्कको खाजाघरमा अनैतिक क्रियाकलाप, २० जना पक्राउ

पोखरा । पोखरा–२, बागलुङ बसपार्कमा संचालित १९ खाजाघरका संचालक एकैचोटि पक्राउ परेका छन् । उनीहरुले लागुऔषध सेवनकर्ताको अखडा बनाई होहल्ला गर्ने, यौनजन्य गतिविधिमा संलग्न हुने एवं सो एरिया आसपासमा अशान्ति मच्चाउने कार्यमा संलग्न भएको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

शुक्रबार दिउँसो २ बजे बागलुङ बसपार्कका विभिन्न खाजाघरहरूमा होहल्ला भई अनैतिक गतिविधि भई रहेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि राखेको नि. प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए ।

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले भने, ‘बागलुङ बसपार्कका संचालित खाजाघरहरुमा होहल्ला हुने, लागुऔषध सेवनकर्ताको अखडा बनाइएको, यौनजन्य गतिविधिसमेत भएको सूचना प्राप्तपछि छापा मारिएको हो । घटनाको विस्तृत अनुसन्धान हुँदैछ ।’

यसैगरी, पोखरा ३, नालामुखस्थित एक खाजाघर संचालकले बालिकाहरुलाई ललाईफकाई गरी प्रलोभानमा पारी यौनधन्दामा लगाउने गरेको भेटिएको छ ।

उक्त आरोपमा प्रहरीले सिन्धु खाजाघरका संचालक २३ वर्षे सिन्धु किसानलाई पक्राउ गरेको छ । उनलाई मानव बेचबिखन तथा ओसारपार मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालिएको एसपी ओलियाले जानकारी दिए ।

बागलुङ बसपार्कलाई विगतमा यौनको अखण्डाको रुपमा हेरिन्थ्यो । विगतमा पटकपटक कास्की प्रहरीले यहाँ छापा मार्ने गरेका घटना अनगिन्ति छन् ।

तपाइको प्रतिक्रिया
(Visited 700 times, 1 visits today)

epaper

ताजा समाचार

एक घण्टाभित्रै फरार भएका २४ सप्तरी कारागारको सम्पर्कमा