काठमाडौँ । सांसद जयपुरी घर्तीले स्वास्थ्यजन्य सामाग्रिीगृह जिल्ला रोल्पा पठाएकी छिन् ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति समेत रहेकी घर्तीले रोल्पाका लागि २ हजार थान आरडीटी किट, ५ हजार थान सर्जिकल मास्क र ७५ थान पीपीई सेटसहितका स्वास्थ्य सामाग्री गृह जिल्ला रोल्पा पठाएकी हुन् । यस्तै, सेनिटाइजर ५ सय एमएलको १५ बोत्तल, थप सेनिटाइजर ३० लिटर पञ्जा ७ सय ५० जोर, आइ आर थर्मोमिटर १० थान पठाएकी हुन् ।
यसअघि पनि विभागसंग समन्वय गरेर स्वास्थ्य सामाग्री रोल्पा पठाएकी थिइन् । सभापति घर्तीले रोल्पामा ठूलो संख्यामा मानिसहरु क्वारेन्टाइनमा बसेको भन्दै ती नागरीकमा परीक्षणका लागि आरडीटी किट लगायत अन्य सामाग्री पठाइएको बताइन् । स्वास्थ्य सामाग्री जिल्ला प्रशासन कार्यालयमार्फत जिल्ला अस्पताल र स्थानीय निकायमा जाने छ ।
तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)






