राजविराज । मधेशवादी दलका शिर्ष नेताहरु दोश्रो पटक सप्तरीमा एउटै मञ्चमा देखिएका छन । ६ दल मिलेर बनेको संघिय लोकतान्त्रिक मोर्चाले बुधवार राजविराजमा आयोजना गरेको “वर्तमान राजनीतिक अवस्थाको सन्र्दभमा जनजागरण अभियान” कार्यक्रममा मधेशवादी दलका शिर्ष नेताहरु दोश्रो पटक एउटै मञ्चमा देखिएका हुन ।
महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, बृषेश चन्द्र लाल लगायतका नेताहरु लामो समय पछि एउटै मञ्चमा सहभागि भए । यस अघि मधेश आन्दोलनका बेला २०७३ साल फागुन २३ गते सप्तरीको मलेठमा प्रहरीको गोली लागेर ५ जना प्रर्दशनकारीको ज्यान गएपछि दलका शिर्ष नेताहरु राजविराजमा एउटै मञ्चमा देखिएका थिए ।
त्यति बेला मधेश र मधेशीको हक हधिकारका लागी पालै पालो नेतृत्व गर्ने गरी ८ दललाई समेटेर मोर्चा गठन गरिएको थियो । तर आपसी मतभेद र एक अर्काको अस्तित्व स्वीकार नगर्दा मोर्चा फुटेर पुनःसबै आ आफनो दल तीर नै केन्द्रित भएका थिए । मलेठ घटनाको झण्डै ११ वर्ष पछि पुनः मोर्चा गठन गरि एउटै मञ्चमा सहभागी भएका मधेशवादी दलका शिर्ष नेताहरुले विगतको गल्ती सच्याउँदै अब उत्पिडितहरुको अधिकारका लागी मिलेर बढनुको विकल्प न रहेको भन्दै एकढिक्का भइ अघि बढने उदघोष गरेका छन ।
दल मिलेर बनेको अहिलेको मोर्चामा अर्का मधेशवादी दल जनमत पार्टी भने सहभागी छैनन ।
कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अधिकार र पहिचानका लागी लडेका योद्धाहरुमाथी झुठा मुदा लगाई सरकारले जेलमा राख्ने, मधेशलाई बजेट उपलब्धतामा विभेद गर्ने तथा अधिकार दिने सवालमा सरकार उदासिन रहेको भन्दै अधिकार प्राप्ती र प्रांप्त उपलब्धीको रक्षा गर्न सबै मिलेर आवाज उठाउनु पर्नेमा जोड दिए ।
स्वार्थका लागी फुटेर जाँदा मधेशकोे हालत कमजोर रहेको टिप्पणीका साथ उनले अहिले बनेको मोर्चामा मिलेर जानु र लडेर अधिकार लिनुको विकल्प न रहेको जिकीर गरे ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचान र अधिकारका लागी जो संग लडेर अधिकार लिनु पर्ने हो उसैको पछि लागे पछि उनीहरुले मनपरी गर्ने अवसर पाएको भन्दै कुनै लोभ लालच र स्वार्थमा नपरी जायज मुदा सम्बोधनका लागी एक जुट भई अघि बढ्नु पर्ने आवश्यक्ता औल्याए ।
अधिकार विनाको नक्कली संघियताबाट समस्या समाधान सम्भव नरहेको भन्दै उनले त्यस्तो संघियता “बादरको पुच्छर लौरो न हतियार” झै हुने टिप्पणी गरे । उनले मधेशबाट निर्वाचित भई गएका मधेशी साँसदहरु समेतले सरकारले ल्याउन लागेको भुमि सम्बन्धि विधेयक प्रति अहिले केही नबोल्दा भविष्यमा मधेश मरभुमीकरण हुने अवस्था आएपछि उनीहरुले पनि त्यसको मुल्य चुकाउनु पर्ने चेतावनी दिए ।
राष्ट्रिय मुक्ती पार्टी नेपालका अध्यक्ष राजेन्द्रं महतोले आफुहरुलाई कमजोर बनाउन दुई ठुला दल काँग्रेस र एमालेले “फुटाउ र राज गर” निती अपनाएको भन्दै उत्पीडीतको अधिकार सुनिश्चित तथा नश्लीय शासन सत्ताबाट मुक्तीका लागी एकताबद्ध भई सशक्त आन्दोलनमा जानु पर्नेमा जोड दिए ।
लिपुलेक, कालापानी र लिम्पीयाधुराको समस्या कुटनीतीक माध्यमबाट समाधान गर्नूृ आवश्यक रहेको भन्दै उनले खोक्रो राष्ट्रबाद र खोक्रो नाराले सीमा सम्बन्धी समस्या समाधान हुन नसक्ने जिकीर गरे ।
उनले हालै निर्माण भएको मोर्चा सत्ता केन्द्रित नभई मधेशी लगायत उत्पीडीत र उपेक्षित सबै जनताको सपनालाई साकार पार्ने तर्फ लक्षित हुनु पर्नेमा जोड दिए । उनले राजविराजको विटौरी जग्गाको लालपुजा, प्रस्तावित रामराजा स्वास्थय विज्ञान प्रतिष्ठानको भवन निर्माण कार्यमा गति तथा अस्तव्यस्त अवस्थामा रहेको गजेन्द्रनारायण सिह अस्पतालमा सुधारका लागी आवश्यक पहल गर्नु पर्नेमा समेत जोड दिए ।
जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदेश त्रिपाठीले मधेशीहरु समाजिक र राजनितीक रुपमा विभाजीत हुदाँ काँग्रेस र एमालेलाई सहज हुने गरेको भन्दै अब एक भएर अघि बढ्नु नै बुद्धीमानी हुने बताए । अधिकार बिनाको संघियता नाम मात्रको रहेको बताउँदै संघियतामा विकास भएन भनी गरिएको प्रचारबाजी सत्य न रहेको उनले दाबी गरे ।
“अधिकार बिनाको संघियताले संघियता शब्द कै अपमान गरेको छ , उनले भने–संघियता पक्षधर शक्ती एकजुट नहुदा संघियता विरोधीले फाईदा उठाएकाले अब सचिनु आवश्यक छ ।”
तमलोपा अध्यक्ष बृषेश चन्द्रलालले काँग्रेस एमाले लगायतका ठुला दलहरु मधेशवादी दल फुटाउने षडयन्त्रमा लागेको भन्दै विगतका गल्ती र कमीकमजोरी सुधारेर अब एक्यबद्धताका साथ अघि बढन आग्रह गरे । उनले मधेशमा बलियो तथा सशक्त राजनितीक शक्ती निर्माणका लागी मोर्चा गठन भएको प्रष्ट पार्दै मोर्चा आबद्ध सम्पुर्ण दलहरुले इमान्दारीतका साथ लागेर काम गर्नू पर्ने आवश्यक्ता औल्याए ।
कार्यक्रममा नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय कोषाध्यक्ष टिका लक्ष्मी चौधरी, जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादव लगायतले पनि बोल्दै अब मोर्चालाइ थप शक्तिशाली बनाउदै अघि बढ्नु पर्नेमा जो्ड दिएका थिए ।
राष्ट्रिय मुक्ती पार्टी नेपालका सह–महासचिव गजेन्द्र मण्डलद्वारा संचालित तथा राष्ट्रिय मुक्ती पार्टी नेपालका जिल्ला अध्यक्ष दिपेन्द्रं चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा लोसपा नेता डा.आभाष लाल, प्रदेश साँसद किरण कुमारी साह, अनिरुद्धप्रसाद सिह यादव, राष्ट्रिय मुक्ती पार्टी नेपालका महासचिव केशव झा, जसपाका केन्द्रीय सदस्य अमरनाथ मण्डल, बिकास तिवारी लगायत मोर्चा आबद्ध ६ वटै दलका नेता–कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।