काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा गरेकी छन् । आइतबार पदभार ग्रहणको पहिलो निर्णय सुनाउँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘जेन–जी आन्दोलनमा मृत्युवरण भएका सबैलाई शहिद घोषणा गर्दछु । उनीहरुका परिवारलाई तत्काललाई क्षतिपूर्तिस्वरुप सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने छ ।’
घाइतेको सरकारले निःशुल्क उपचार गर्नेछ भने घाइतेको वर्गीकरण गरेर त्यसैअनुरुप सुविधा उपलब्ध गराउने सरकारको निर्णय प्रधानमन्त्री कार्कीले पदभार ग्रहण कार्यक्रममा सुनाइन् । उनले विषम परिस्थितिमा पनि व्यवसायीहरुले गरेको धैर्यताको प्रधानमन्त्री कार्कीले मुक्तकण्ठले प्रशंसा गरेकी थिइन् ।
शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी छन । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन ।






