बससेवाबाट टिकट काट्दा खसी उपहार

काठमाडौं । यस वर्षको दशैँमा बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवाडटकम ( www.bussew.com ) बाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई उपहारस्वरुप खसी उपहार दिने भएको छ । अग्रीम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरुप खसी दिने घोषणा गरेको हो ।

यस्तै, बससेवाले १५ भदौदेखि नै बस तथा हवाइजहाजको टिकटमा आंशिक प्रि–बुकिङ खुला गरिसकेको छ । यात्रुहरुले ११ असोजसम्म बुकिङ गर्न सक्नेछन् । बस सेवाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पीआर खनालका अनुसार पहिलो चरणमा पोखरा, चितवन, धरान, काकडभिट्टा र विराटनगर रुटका लागि बस टिकटमा प्रि–बुकिङ खुला गरिएको छ । बाँकी रुटमा भने केही दिनपछि खुला गर्ने उहाँको भनाइ छ ।

बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ । एक दशकभन्दा बढी समयदेखि सेवारत बससेवाले यसपटकदेखि हवाइजहाजको टिकट समेत उपलब्ध गराएको छ । हवाई सेवा पुगेका सबै जिल्लाका उडानका लागि टिकट उपलब्ध रहेको जनाइएको छ ।

बससेवाबाट टिकट काट्नेमध्ये सय जनालाई फ्रि टिकट
१५ भदौदेखि ११ असोजसम्म मोबाइल एप (बससेवा) र वेब साइट (बससेवाडटकम) मार्फत टिकट काट्ने यात्रुहरुलाई बस सेवाले विभिन्न उपहारको समेत व्यवस्था गरेको छ । यस अवधिमा टिकट काट्ने यात्रुहरुमध्ये एक सयजनालाई निःसुल्क टिकटको व्यवस्था, पाँचजनालाई खसी उपहार र ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेल समेत गर्न सक्ने व्यवस्था गरेको छ ।

के हो बससेवा ?
बससेवा अनलाइनबाट बस-हवाइजहाजको टिकट उपलब्ध गराउने सहज माध्यम हो । बससेवाको मोबाइल एप वा www.bussew.com बाट आफूलाई मनपर्ने बस र सिट रोजेर सजिलै टिकट काटी यात्रा गर्न सकिन्छ ।

बससेवाबाट टिकट किन काट्ने ?
– समय र खर्च दुवैको बचत गरी मोबाइलबाटै टिकट काट्न सकिने ।
– बसमा उपलब्ध सेवा र शुल्क दाँजेर आफूलाई मनपर्ने बसमा यात्रा गर्न सकिने ।
– काउन्टरकै दरमा टिकट उपलब्ध हुने र बससेवाका विभिन्न अफरको लाभ उठाउन सकिने ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'