काठमाडौं । जेन–जीले गरेको विरोध प्रर्दशनमा प्रहरीले चलाएको रबर गोली लागेर दुई जना पत्रकार घाइते भएका छन् ।
सोमबार बानेश्वरमा जेनजीले गरेको आन्दोलनको रिपोर्टिङ गर्न पुगेका कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको हो । पत्रकार श्रेष्ठको नयाँबानेश्वरस्ति सिभिल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
यसैबिच नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई पनि गोली लागेपछि अस्पताल लगिएको छ भने नेपाल प्रेसकर्मी उमेश कार्कीलाई गोलीको छर्राले सामान्य चोट लागेको बताइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)