उपत्यकाको ३ जिल्लामा कफ्यु आदेश

काठमाडौं । काठमाडौं उपत्यकाको ३ वटै जिल्लामा स्थानीय प्रशासनले कफ्यु आदेश जारी गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले कार्यालय निश्चित स्थान तोकेर कफ्यु आदेश जारी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बिहान ८:३० बजेबाट लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कफ्र्यु जारी गरिएको बताए । बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबिहल, नारायण गोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भू–भागमा कर्फ्यु लगाइएको हो ।

तोकिएका क्षेत्रमा आवत जावत नगर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न रोक लगाइएको छ ।

यसैगरी भक्तपुरमा पनि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले बिहान साढे ८ बजेबाट अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेका हुन् । जडिबुटीदेखि अरनिको राजमार्ग साँगासम्मको क्षेत्रमा दुई सय मिटर ’round कर्फ्यू लगाइएको छ ।

यस्तै पेप्सीकोला मनोहरा पुलेदेखि निकोसेरा चोकसम्म, कौशलटारदेखि बालकोट हुँदै रोजभिलेज र चारदोबाटो चोकसम्म, राधेराधे चोकदेखि निकोसेरा चोकसम्म, बाखाबजार नेपाल कोरियन मैत्री नगरअस्पताल हुँदै चारदोबाटो चोकसम्म, सल्लाघारी नगरकोट सडक, कमलबिनायक खरिपाटी हुँदै नगरकोटसम्म, च्यामासिंह, च्याथली हुँदै नाला (काभ्रे जिल्लाको सिमानासम्म) दुवाकोट मोडदेखि नेपाल इन्जिनियरिङ कलेजसम्म, देकोचादेखि चाँगुनारायण मन्दिरसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

यस्तै ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गर्नुभएको हो ।

कफ्र्यू आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।

भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५) पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म ।

सानेपा क्षेत्र (वडा नं २०) पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म ।

च्यासल क्षेत्र (वडा नं ९) पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'