आन्दोलनका नाममा बाँकेका दर्जनौ सरकारी कार्यालयमा आगजनी तथा लुटपाट

नेपालगञ्ज । जेनजी आन्दोलनका क्रममा बाँकेमा दुई पार्टी कार्यालय जलाउनुको साथै दर्जनबढी सरकारी कार्यालयमा आगजनी गरी ध्वस्त भएका छन् । प्रर्दशनकारीहरुले नेपालगञ्जमा चोकमा रहेका गणेशमान, बिपी कोईराला, पुष्ष्लाल र सहिद सेतुविकको शालिक तोडफोड गरेका छन ।

प्रदर्शनकारीहरुले नेपालगञ्जको पासाङ्ग ल्हामुमार्गमा एमाले बाँके र नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय बाँकेमा आगजनी गरेका छन् । मंगलबार दिउसो प्रदर्शनकारीको समूहले दुबै पार्टी कार्यालयमा आगजनी गरेका हुन ।

यसैगरी प्रदर्शनकारीहरुले नेपालगञ्ज उपमहानगर कार्यालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला मालपोत कार्यालय, बाँके जिल्ला अदालत, उच्च अदालत तुलसीपुर, नेपालगञ्ज ईजलाश, यातायात व्यवस्था कार्यालय, जिल्ला हुलाक, आन्तररिक राजस्व कार्यालय, नापि कार्यालय, भन्सार कार्यालय लगायतका सरकारी कार्यालयमा आगजनी गरेका थिए ।

सोही समुहले पुष्पलाल चोकमा रहेको पुष्पलालको शालिक, बिपीचोकमा रहेको बिपीको शालिक र शहिद सेतु बिकको शालिक र गणेशमान चोकमा रहेको गणेशमानको शालिक तोडफोड गरेका छन् । आन्दोलनकै क्रममा उनीहरुको समुहले लुटपाटसमेत गरेका छन् ।

यसैगरी कोहलपुरमा कोहलपुर नगरपालिका, विभिन्न वडा कार्यालयहरु, आन्तरिक राजस्व कार्यालय, नगरप्रमुख पुर्ण आचार्यको घरमा आगजनी गरेका छन् ।

नेपाल भारत सीमा क्षेत्रमा आवगमनमा रोक

नेपालमा जारी जेनजी अन्दोलनको कारण नेपाल भारत सीमा क्षेत्र जमुनाहमा भारतीय पक्षले कडाई गरेको छ । काम विषेशले भारत जाने नेपालीलाई बोर्डरबाटै फकाई रहेको छ ।

नेपालबाट भारत फर्कने भारतीय नागरिकलाई मात्र भारतीय सशस्त्र सिमा सुरक्षा बल एसएसबिले आधारकार्डका आधारमा भारत प्रवेश दिएको छ भने भारतमा रहेका नेपालीलाई नागरिकताको आधारमा नेपाल आउन दिएको छ ।

जेनजीको आन्दोलनको कारण देखाउदै दोहोरो आवागमनलाई भारतीय सीमा सुरक्षा बलले कडाई गरेको हो । नेपाल भारत सीमा क्षेत्रको जमुनाह नाकामा भारतीय सीमा सुरक्षा बलको बाक्लो उपस्थिति रहेको छ ।

भारतीय सुरक्षाबलका तर्फबाट सीमा बन्द भएकोले अर्को सूचना नआउदासम्म तपाईहरु फर्कनुस भन्ने सूचना समेत माईकिङ्ग गर्द आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'