अबौंको भुक्तानी दिन बीमा कम्पनीहरूलाई सकस

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक तथा निजी भौतिक संरचनामा भएको आगजनी र तोडफोड लगायतका क्षतिको बीमा दाबी भुक्तानीलाई सहज बनाउन सम्बन्धीत बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

बिहीबार सूचना जारी गर्दै प्राधिकरणले गत सोमबार र मंगलबार काठमाडौ उपत्यका लगायत मुलुकभर जेनजी पुस्ताले गरेको सरकार बिरोधी आन्दोलनका कारण उत्पन्न असहज परिस्थितीबाट विभिन्न स्थानमा भएका भौतिक संरचनामा भएइको क्षतिपुर्तिमा आएको बीमा मागदाबी सहज बनाउन यस्तो निर्देशन दिएको जनाएको छ ।

प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले यस्तो जानकारी गराएका हुन् । आन्दोलन एवं प्रदर्शनको क्रममा बिमितको धनसम्पत्तिमा भएको क्षति र त्यसम्बाट उत्पन्न असहज अवस्थालाई मध्यनजर गर्दै दाबी भुक्तानी छिटो र सहज ढंगले फछ्यौट गर्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणद्धारा जारी सूचनामा ‘असहज परिस्थितिका कारण बिमितको धनसम्पत्तिमा हुन गएको ठुलो क्षति र असहजतालाई मध्यनजर गर्दै ध्वासात्मक गतिविधीबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फछ्यौट गर्न हुन निर्देशानुसार अनुरोध गरिन्छ’ भनिएको छ ।

बीमा कम्पनीहरूका अनुसार यस पटकको बीमा दावी हूलदंगा तथा आतंकवाद् शीर्षक अन्तर्गत पर्नेछ । हुलदंगा तथा आतंकवाद् अन्तर्गतको बीमाको ३५ प्रतिशत सम्बन्धित बीमा कम्पनी र ६५ प्रतिशत नेपाल पुनर्बीमा कम्पनीले परेको बीमा दावी भुक्तानी गर्नुपर्नेछ व्यवस्था छ

प्राधिकरणले आन्दोलनबाट भएको क्षतिको एकिन विवरण प्रत्येक साताको बुधबार पेस गर्न समेत सम्बन्धीत बीमा कम्पनीहरूलाई निर्देशन दिएको बताएको छ । जसका लागि बीमा कम्पनीहरूले एक्सेल वर्कशीट भरि तोकिएको गुगल फर्म मार्फत पठाउनुपर्ने ब्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

भ्रष्टाचार उन्मुलन र शुशासनकालागि जेनजी पुस्ताबाट भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, व्यवसायिक प्रतिष्ठान, होटलहरू र सुपर मार्केट लगायत भौतिक संरचनामा ठूलो क्षति भएको छ ।

यसैबीच, नेपाल बीमक संघले पनि सबै बीमा कम्पनीहरूलाई क्षतिको विवरण’bout आ आफ्ना कम्पनीलाई जानकारी गराउन आग्रह गरेको छ । जसकालागि बीमा कम्पनीहरू बीमा दाबी व्यवस्थापन गर्न सक्षम र प्रतिबद्ध रहेको संघले जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै संघले यस्तो जानकारी गराएको हो । यसैगरी, संघले विभिन्न सञ्चार माध्यममा आएका समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

भाटभटेनी सुपर स्टोरमा अर्बौको क्षति
गत मंगलबार जेनजी पुस्ताले गरेको प्रदर्शनीको क्रममा आगजनी र तोडफोडबाट भएको क्षतिबाट भाटभटेनी सुपरस्टोरको दर्जनौ शाखामा मात्र अर्बौ रूपैयाँको संरचना ध्वस्त भएको छ । आगजनीले भएको ठुलो क्षति मध्ये झन्डै साढे दुई अर्ब रूपैयाँ बढीको बीमा पोलिसी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

भाटभटेनी सुपरस्टोरका काठमाडौ उपत्यका लगायत देशैभरका कुल २८ वटा शाखाहरू मध्ये एकदर्जन बढी शाखा कार्यालयको भवनमा भएको आगजनी, तोडफोड र लुटपाटबाट अर्बौ रूपैयाँका भौतिक तोडफोड लुटपाट र आगजनी भएको छ । अहिले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भाटभटेनी ग्रुपद्धारा सञ्चालित १६ वटा सुपरस्टोरका शाखाको बीमा गरेको भाटभटेनीले जनाएको छ ।

भाटभटेनीको एकदर्जन बढी शाखाको भवनमा तोडफोट र लुटपाटपछि आगनजी गरिएको छ भने ९ वटामा तोडफोड र लुटपाट गरिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका देशभर छरिएका ७ वटा शाखा मात्र बचेको छ ।

सामान्य तोडफोड र लुटपाट सहित मुलुकभरका २१ वटा शाखामा क्षति पुगेको भाटभटेनीले जनाएको छ । भाटभटेनीका अनुसार सबैभन्दा धेरै बीमा पोलिसी जारी गर्ने आईजीआई प्रुडेन्सिल इन्स्योरेन्स कम्पनीमा मात्र झन्डै साढे २ अर्ब रूपैयाँको बीमा दावी पर्ने देखिएको छ । यस कम्पनीले भाटभटेनीका साढे २ अर्ब रूपैयाँ बढी बीमा दावी पर्ने प्रारम्भिक रुपमा अनुमान गरिएको हो ।

भाटभटेनीले फरक फरक बीमा पोलिसी जारी गरेकोले क्षति नभएका ७ वटा शाखा बाहेकका शाखाहरूको बीमा दावी आईजीआई, सलिको र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लगायतका विभिन्न कम्पनीमा पर्ने बताईएको छ । । प्रारम्भिक विवरण अनुसार भवन मर्मत संहार र स्टकको क्षति मुख्य रूपमा बीमा दावीमा समेटिने सम्बन्धीत बीमा कम्पनीहरूले बताएका छन् ।

बीमा कम्पनीहरूका अनुसार यस पटकको बीमा दावी हूलदंगा तथा आतंकवाद् शीर्षक अन्तर्गत पर्नेछ । हुलदंगा तथा आतंकवाद् अन्तर्गतको बीमाको ३५ प्रतिशत सम्बन्धित बीमा कम्पनी र ६५ प्रतिशत नेपाल पुनर्बीमा कम्पनीले परेको बीमा दावी भुक्तानी गर्नुपर्नेछ व्यवस्था छ ।

यस्तो ब्यवस्थाकाबीच विभिन्न किसिमले गरिएका भवन तथा भौतिक संरचनाको बीमा पोलिसी मध्ये पनि केही कम्पनीहरुले भने १० करोड रूपैयाँसम्म मात्र राखेर बाँकी पुनर्बीमा गराइएको देखिको छ । केही कम्पनीहरूले आफूले धारण गरेको ३५ प्रतिशत बीमा जोखिम पुनर्बीमा नगराएको समेत हुनसक्ने अनुमान गरिएको छ ।

अबौं रूपैयाँ नोक्सानी भएको भाटभटेनी सुपर स्टोरको बीमा भुक्तानी गर्न निकै कठिन हुने सम्बन्धीत एक बीमा कम्पनीले जनाएको छ । सम्बन्धीत बीमा ब्यवसायीका अनुसार केही वर्षदेखि नेपालमा हुलदंगा तथा आतंकवाद्को सम्भावना नै नभएको भन्दै बीमा प्राधिकरणले अनिवार्य गरेको हुलदंगा तथा आतंकवाद्को अतिरिक्त भार हटाउनुपर्ने भन्दै बीमा कम्पनीहरुले लबिङ गरिरहेका थिए ।

२०६३ सालपछि यस्तो शिर्षकमा बीमा दावी परेको थिएन । गत वर्ष तीनकुने घट्नामा कोटेश्वरमा रहेको भाटभटेनीमा लूटपाट भएको थियो । सो क्रममा पनि ८० लाख रूपैयाँको क्षति भएको अनुमान गरिएको थियो ।

भाटभटेनी सुपर स्टोरले जानकारी गराए अनुसार यस आन्दोलनबाट भाटभटेनीमा भएको आगजनीबाट भाटभटेनीको नक्साल शाखा, कोटेश्वर शाखा, महाराजगन्ज शाखा, चुच्चेपाटी बौद्ध शाखा, बालुवाटार वयरहाउस, बिराटनगर, धरान, दमक, पोखरा, चितवन, हेटौंडा, विर्तामोड रहेका छन् । यसैगरी, सामान लूटपाट र तोडफोड गरिएको एवं भवन पूर्ण रुपमा क्षति नभएका शाखाहरुमा बालाजु, भैरहवा, कलंकी, ठिमी, जनकपुर, बीरगन्ज, इटहरी, बुटवल र धनगढी रहेका छन् ।

भाटभटेनी सुपर स्टोरले वार्षिक ३१ अर्ब रूपैयाँ भन्दा बढिको आर्थिक कारोबार गर्दै आएको जनाएको छ । गत वर्ष मात्र मुख्य लगानीकर्ता भाटभटेनी ग्रुपका अध्यक्ष मिनबहादुर गुरुङले नेकपा एमाले पार्टी कार्यालयलाई काठमाडौंको कीर्तिपुरमा १० रोपनी जग्गा दान दिएका थिए । सोही आक्रोस अहिलेको जेनजी आन्दोलनकारीमा पनि पोखिएर भाटभटेनीका अधिकाँश सुपर स्टोरमा आगजनी र दोडफोड भएको अनुमान गरिएको छ । यस आक्रमणको बास्तविक कारण बिस्तारै खुल्दै जाने छ ।

हिल्टन होटलको दावी भुक्तानी झन जटिल
आगजनीबाट ध्वस्त भएको काठमाडौको नक्सालस्थित हिल्टन होटलको बीमा दाबी भुक्तानी गराउन सम्बन्धीत बीमा कम्पनीलाई निकै सकस पर्ने भएको छ । भारतीय बीमा कम्पनी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले अबको केही बर्षहरु अप्ठेरो अवस्थाबाट गुज्रनुपर्ने देखिएको बताएको छ । जेनजी आन्दोलनको क्रममा गत मंगलबार आगजनी र तोडफोडबाट ध्वस्त भएको हिलटन होटलको बीमा दावी दि ओरेन्टल इन्स्यारेन्समा पर्ने भएको छ ।

यसअघि नेपाल इन्स्योरेन्स कम्पनीमा रहेको यस होटलको बीमा ओरेन्टल इन्स्योरेन्स कम्पनीमा सारिएको थियो । झन्डै ८ अर्ब रूपैयाँ लगानी रहेको हिल्टन होटलमा आगजनीबाट पूर्ण रूपले ध्वस्त भएको अवस्था छ । यस होटल सञ्चालनकालागि होटल ब्यवस्थापनले ६ अर्ब रूपैयाँ भन्दा बढि बैंकबाट ऋण समेत लिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'