बससेवामा अब हवाइ टिकट पनि, पाँच सयसम्म क्यास ब्याक हुने

काठमाडौं । मोबाइल एप्लिकेशन बससेवा र बससेवा डटकमबाट हवाइ टिकट काट्ने यात्रुले हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक पाउने भएका छन् । नेपालीको महत्वपूर्ण चाड दशैँ तिहारलाई लक्षित गर्दै बससेवाले सुरु गरेको हवाइ टिकट सेवामा पाँच सयसम्मको क्यास ब्याकको अफर ल्याएको हो ।

बस सेवाका प्रमुख कार्यकारी निर्देशक (सिइओ) पिके खनालका अनुसार क्यास ब्याकको अफर आगामी मंसिर महिनाभर रहने छ । यात्रुहरूले हवाइ उडान हुने नेपालभरका सबै जिल्लाको टिकट मोबाइल एप र वेभसाइटबाट लिन सक्नेछन् ।

बससेवाबाट टिकट काट्ने दुईजनालाई खसी उपहार

यस वर्षको दशैँमा बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवा डटकमबाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई उपहारस्वरुप खसी उपहार समेत दिने भएको छ । अग्रीम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरुप खसी दिने घोषणा कम्पनीले गरेको हो ।

यस्तै, बससेवाले १५ भदौदेखि नै बस तथा हवाइजहाजको टिकटमा आंशिक प्रि–बुकिङ खुला गरिसकेको छ । यात्रुहरुले ११ असोजसम्म बुकिङ गर्न सक्नेछन् । बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ सयजनालाई फ्रि टिकट १५ भदौदेखि ११ असोजसम्म मोबाइल एप (बससेवा) र वेब साइट (बससेवाडटकममार्फत टिकट काट्ने यात्रुहरूलाई बस सेवाले विभिन्न उपहारको समेत व्यवस्था गरेको छ ।

यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये एक सयजनालाई निःसुल्क टिकटको व्यवस्था, पाँचजनालाई खसी उपहार र ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेल समेत गर्न सक्ने व्यवस्था गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

epaper

ताजा समाचार

जेन जेड आन्दोलनमा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा मन्त्री घिसिङ र गृहमन्त्री अर्याल सहभागी