विपी राजमार्ग चौबिसै घन्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक । वर्षातको कारण बारम्बार पहिरोले अवरुद्ध हुँदै आएको विपी राजमार्ग अब चौबिसै घन्टा खुल्ने भएको छ । गतवर्षको वर्षातले बनाएको क्षतबिक्षत, कमजोर भौगोलिक अवस्था र मनसुनका कारण रातिको समयमा सवारी चलाउन रोक लागाईएकोमा असोज १ गतेबाट चौबीसै घण्टा खुल्ने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

बीपी राजमार्ग अन्तर्गत सार्वजनिक तथा निजी सवारी साधनलाई राति साँझ ५ बजेबाट बिहान ५ बजेसम्म निषेध गरिएकोमा आगामी असोज १ गतेबाट चौबीसै घण्टा खुल्ला गरिएको छ ।

विपद् जन्य घटनाबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न र यात्रुको सुरक्षाको लागि जिल्ला सुरक्षा समिति काभ्रेको सुरक्षा बैठकको निर्णयानुसार विपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग – भकुण्डेवेशी हुदै सिन्धुलीतर्फ जाने निजी तथा सार्वजनिक सवारी असार ७ गतेदेखि साँझ ५ बजेदेखि विहान ५ बजे सम्म संचालनमा रोक लाग्दै आएको थियो ।

सोमबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले आसन्न दशै तिहार लगायतका चाडपर्वमा यात्रुहरुको सहज यात्राका लागि सडक सुरक्षा सजगता अपनाई स्वीकृत सडक सुरक्षा कार्ययोजना वमोजिम गर्ने गरी चौबीसै घण्टा खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

यस अघि काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको सिन्धुलीको खुर्कोटमा असार ६ गते बसेको बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै असार ७ गतेबाट बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै रातीको समयमा निजी तथा सार्वजनिक सवारी चलाउन रोक लगाइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'