देशमा मंगल–शान्तिका लागि ‘चुनरी यात्रा’

वीरगन्ज । मुलुक र समाजमा शान्तिको कामना गर्दै २०८२ साल घटस्थापनाका दिन वीरगन्जमा अवस्थित गहवामाई माताको नाममा १ सय ५१ मिटर लामो चुनरी यात्रा निकालिएको छ । भगवती गहवामाई मातालाई खुसी पार्न भक्तहरुले सम्भवतः नेपालमा नै पहिलो पटक १ सय ५१ मिटर लामो चुनरी शोभायात्रा निकाली मातालाई अर्पण गरेका छन् ।

दशैंको नौरथामा बिशेष पूजाआजा हुने र बली समेत चढाइने गहवामाई मन्दिरमा अवस्थित मातालाई खुसी पार्दै समाज र देशको शान्तिको लागि पहिलो (घटस्थापना) का दिन सोमवार १ सय ५१ मिटर लामो चुनरी यात्रा निकालिएको आयोजक विश्व हिन्दु परिषद्ले जनाएको छ । शोभा ¥याली विश्व हिन्दु परिषद् नेपाल, पर्सा, वीरगन्जको अगुवाईमा निकालिएको हो । मातालाई खुसी पार्न र देशमा शान्तिको कामनाका लागि यो शोभा यात्रा निकालिएको विश्व हिन्दु परिषद् वीरगन्ज महानगर कमिटि उपाध्यक्ष अमित टेवडेवालले दावी गरे ।

करिब १ हजार ५ सय भक्तजनको सहभागितामा सोमवार दिउँसो ३ बजेदेखि निकाल्ने पूर्व तयारी अनुसार सोमबार साढे ३ बजेबाट चुनरी यात्रा निकालिएको छ । चुनरी यात्रा वीरगन्जको गहवामाई मन्दिर परिषरबाट सुरु भई दुई नम्बर रोडबाट बिर्तामाई मन्दिर पुगेर विर्ता चोकदेखि एक नम्बर रोडको अलखिया चोक, आदर्शनगर चोक, महावीरस्थान चोक हुँदै पुन गहवामाई मन्दिरमा पुगी समापन भएको छ ।

छिमेकी मुलुक भारतमा पहिलेदेखि नै निकाल्ने गरेको चुनरी यात्रा उताकै सिको गर्दै यहाँ पनि निकालिएको जानकारीहरुको भनाइ छ । भारतमा भने त्यहाँका विभिन्न राज्यमा विशेषगरी घटस्थापनाको दिन पारेर निकालिने चुनरी यात्रा यसपाली वीरगन्जमा पनि निकालिएको छ । आफ्नो जीवनकालमा वीरगन्जमा पहिलो पटक यस्तो ‘चुनरी शोभा यात्रा’ निकालेको देखेको ६० वर्षीय विजय पौडेलले राजधानी दैनिकसँग बताए ।

देशको मंगलकामनाका लागि शोभा यात्रा
पहिलो पटक निकालिएकोकोले यसको पूर्ण जानकारी नभए पनि घटस्थापनाका दिनदेखि माताको शक्तिपीठमा प्रत्यक्ष सवारी हुने मान्यता अनुरुप मातालाई खुसी पार्न चुनरी यात्रा निकाली अर्पण गरिएको हुन सक्ने उनको तर्क छ । ज्योतिष परिषद्का एशिया उपाध्यक्ष सम्राट डा.पुरुषोत्तम दुवेले पनि यस्तो शोभा यात्रा आफूले पनि नेपालमा पहिलो पटक देखेको बताए ।

खासमा मातालाई अर्पण गर्ने चुनरी पछि फारेर बाड्ने भन्ने सुनेको छु । यो चाही सम्भवतः सही नहोला कि उनले तर्क गरे । माताको चुनरी पछि फारेर बाड्नु ठिक नहुने उनको सुझाव छ । बाँकी त आयोजकले गर्ने हो यसमा म धेरै बोल्दिन उनले बताए ।

वीरगंजस्थित गहवामाई माताको नाममा निकालिएको चुनरी यात्रामा भक्तजनले हातमा बोकेको चुनरीमार्फत आशीर्वाद प्राप्त गर्ने धार्मिक मान्यता रहेको जनाए । देश र समाजको हित र मंगल कामनाका लागि आयोजना गरेको र यस यात्रामा कुनै पनि आर्थिक सहयोग कसैबाट नलिएको र सम्पूर्ण हिन्दु श्रद्धालुहरूले नेपालमै पहिलो पटक यस्तो ऐतिहासिक चुनरी यात्रामा सहभागी हुन पाइएको आयोजकको दावी छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा