काठमाडौं । विश्वकप फुटबलअन्तर्गत मंगलबार राति र बुधबार बिहान भएको खेलमा फ्रान्स र नर्वे विजयी भएका छन् । फ्रान्सले स्वीडेनलाई ३–० र नर्वेले आइभोरिकोस्टलाई २–१ले पराजित गरेका हुन् । जीतसँगै फ्रान्स र नर्वे अन्तिम १६ मा पुगेका छन् भने स्वीडेन र आइभोरिकोस्ट नकआउट चरणबाट घर फिर्ता भएका छन् ।
बुधबार बिहान अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित ग-यो । फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।

मंगलबार राति अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित ग-यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ ।
सम्बन्धित समाचार
समूह ‘एल’मा इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती
इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
नेदरल्यान्ड र जर्मनी विजयी, इतिहास रच्यो कुरासाओले
विश्वकप फुटबलः अर्जेन्टिना नकआउट चरणमा, मेस्सीको कीर्तिमान
इङ्ल्याण्ड-घानाबीचको खेल बराबरी
पीएल सिंह टी–२० क्रिकेटः पोखरा र वीरगञ्ज विजयी
बोस्नियाको नकआउट चरण प्रवेशको सम्भावना कायमै





