सप्तरी । सप्तरीको तिरहुत गाउँपालिकामा सवारी दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १ धनपुरीस्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको हो।
काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा.प्र ०३-००१ ख २५८२ नम्बरको हाईसले बाटो क्रस गर्दै गरेकी ७५ वर्षीया जगिया देवी पंजियारलाई शुक्रबार ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी उहाँलाई उपचारका लागि बिराटनगर पठाइएकोमा बिराट नर्सिङ होममा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा संलग्न हाईस र चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका ४ का ४० वर्षीय मदन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर घटना’bout थप अनुसन्धान भइरहेको उनले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)