काठमाडौँ । इजरायली गुप्तचर इकाइहरूले गाजामा बन्धक बनेका नेपाली युवा विपिन जोशीको भिडिओ प्राप्त गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यो भिडिओ बुधबार साँझ सार्वजनिक गरिने समाचारमा जनाइएको छ ।
यो घोषणा बुधबार बिहान होस्टेज फेमिली फोरमले गरेको द जेरुसेलम पोष्टले उल्लेख गरेको छ ।
विपिनको परिवारलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘गाजामा प्राप्त यो जीवनको प्रमाण, जुन हामी आज तपाईँहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उनी जीवित छन् भन्ने अटल विश्वास दिलाउँछ ।’
विपिन जोशी अक्टोबर ७ को नरसंहार हुनुभन्दा तीन हप्ता अगाडि मात्र इजरायल पुगेका थिए । उनी कृषि शिक्षा कार्यक्रमका लागि गएका हुन् । उनलाई किबुट्ज अलुमिमबाट अपहरण गरिएको थियो, जहाँ अन्य नेपाली नागरिकहरू पनि बसोबास गर्थे ।
तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)






