कपिलवस्तुमा मतदाता नामावली दर्ता अभियान तिव्र, नयाँ मतदातामा उत्साह

कपिलवस्तु । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले कपिलवस्तुमा मतदाता नामावली सङ्कलन अभियानलाई तीव्रता दिएको छ । असोज ९ गतेदेखि सुरु भएको अभियानमा दैनिक १०० देखि १५० जना नागरिकले नयाँ नामावलीमा दर्ता गराइरहेका छन् ।

निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानका अनुसार, अघिल्ला चरणमा दर्ता हुन छुटेका नागरिकका लागि यो अवसर अत्यन्त महत्वपूर्ण रहेको छ । योग्य उमेर पुगेका नागरिकले आफ्नो नागरिकता, बसाइँसराइ प्रमाणपत्र र आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भई नामावली दर्ता वा अद्यावधिक गराउन सक्ने व्यवस्था गरिएको छ ।

मोक्तानले मतदान अधिकारलाई लोकतान्त्रिक अभ्यासको आधारभूत हक भएको बताउँदै, सबै योग्य नागरिकलाई नामावलीमा अनिवार्य रूपमा दर्ता हुन आग्रह गरेका छन् । विशेष रूपमा १६ वर्ष पूरा गरी १७ वर्षमा पुगेका नयाँ मतदाताहरूलाई यसपटक प्राथमिकता दिइएको उनले बताए ।

आगामी निर्वाचन निष्पक्ष, व्यवस्थित र समावेशी बनाउन प्रत्येक नागरिकको सक्रिय सहभागिता अपरिहार्य हुने उल्लेख गर्दै, निर्वाचन कार्यालयले समयमै दर्ता प्रक्रिया पूरा गरी लोकतान्त्रिक अधिकारको प्रयोग गर्न सबैलाई आह्वान गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो प्रहरीमा उजुरी