कुटेरै श्रीमानको हत्या अभियोगमा सुनिता पक्राउ

कैलाली । आफ्नै श्रीमान् ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको अभियोगमा जोशीपुर गाउँपालिका–३ लक्कड बस्ने ३५ वर्षीया सुनिता देवी कठरियालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा सुनिताले कुटपिट गर्दा लखनलाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका लखनलालको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी