राजविराज । नम्बर नखुलेको सबारीसाधनको ठक्करले गम्भीर घाइते भई उपचारका लागि अस्पताल भर्ना भएका एक व्यक्ति उपचार खर्च तिर्न नसक्दा समस्यामा परेका छन् । आर्थिक रुपमा विपन्न राजविराज नगरपालिका वडा नं. ७ निवासी अनिरुद्धलाल देवलाई उपचार गराउन समस्या भएको हो ।
करिब एक महिना अगाडि पैदल हिंडिरहेका ५४ बर्षीय देवलाई तिलाठी कोइलाडी गाउँपालिकाको सडेपारमा नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिएर सबारी साधन फरार भएको थियो ।
ठक्करले टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लगिएको थियो । टाउकोको शल्यक्रिया गर्दा रु ५ लाख जति खर्च भइसकेको र अझै अस्पताललाई र औषधि बिल समेत गरी रु ५ लाख तिर्न बाँकी रहेको उनका छोरा रामभजनले बताए ।
शल्यकृयापछि बुवाको स्थितिमा सुधार भए पनि वक्यौता नतिर्दा अस्पतालबाट बाहिर जान नसकिएको उनले बताए । उनले आफ्नो बुवाको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।
ग्लोबल आइएमई बैंकको खाता नम्बर ००१०७०१००५२४९६ मा आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन सबैसँग हार्दिक अनुरोध गरेका छन् ।
सम्बन्धित समाचार
शिक्षा विकास समन्वय एकाई प्रमुखको लपरवाहीले सेवाग्राही आर्जित
विद्यालय नर्स सञ्जिता साहः फेसबुकबाट प्रेम, अदालतमा विवाह दर्ता, विवाहपछि तिरस्कार
विहे भएको ४ महिनामै घर निकाला
कोठामा थुनेर कुटपिट गरिएका मुकेशको मृत्यु, एक महिलासहित ४ पक्राउ
कारागारमा पनि विवाह पञ्चमी उत्सव (फोटोफिचर)
हिमालय स्कुल र ले प्रिमियर र स्कुलबीच साझेदारी घोषणा
अस्तित्व संकटमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
बेपत्ता १२ वर्षीया बालिकाको तस्बिर युवकले फेसबुकमा पोस्ट गरेपछि…






