सर्वपक्षीय बैठक अपराह्न ४ बजे बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन् ।

प्रधानमन्त्रीले आगामी निर्वाचन तयारीका विषयमा छलफल गर्न शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेकी हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको अवस्थामा प्रधानमन्त्री कार्कीले तयारीको प्रगति, आवश्यक समन्वय र चुनौती’bout सम्बद्ध पक्षसँग प्रत्यक्ष संवाद गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका पदाधिकारी, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख र सरकारका उच्च अधिकारीहरू सहभागी रहनेछन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन तयारी विषयक यस्तो उच्चस्तरीय सर्वपक्षीय छलफल पहिलो पटक आह्वान गरेकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह