एकै दिन १ सय ६४ रूख काटिए

धनगढी । कञ्चनपुरको एक सामुदायिक वनमा अवैध रूपमा रूखहरू कटान गरिएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वन क्षेत्रबाट अवैध रूपमा रूख काटिएको हो ।

११ मंसिरमा सामुदायिक वन ’round बस्ने स्थानीयले खयर तथा सिसमका रूख काटेको बताइएको छ । तर, रूख काट्नेहरूको पहिचान भने नखुलेको सामुदायिक वनकी अध्यक्ष कुमारी बोहराले बताइन् ।

कृष्णपुर–७ को वडा कार्यालयसँगै रहेको सामुदायिक वन २०५५ सालदेखि संरक्षण गर्न थालिएको हो । २०५५ सालमा सुकुम्बासी आएर खाली जग्गामा बसेपछि स्थानीयले सुकुम्बासीलाई हटाएर बिरुवा रोपेर सामुदायिक वन बनाइएको वडाध्यक्ष घुम्मन रानाले बताए ।

करिब २० बिघा क्षेत्रफलमा फैलिएको बस्तीको बीचमा रहेको वन क्षेत्रबाट स्थानीयले सुकेका रूख काटेर लैजाने गरेको तथा वन क्षेत्र संरक्षण गर्न समस्या भएको वनकी अध्यक्ष बोहराले बताइन् । उनले आफू धनगढी अस्पताल गएको समयमा वन क्षेत्रमा पसेर रूख काटिएको बताइन् ।

यस्तै, वडाध्यक्ष रानाले ११ मंसिरमा वडा कार्यालयमा आफू नरहेको समयमा रूख काटिएको बताए । आफूले रूख काटिएको खबर प्रहरीबाट थाहा पाएको रानाले बताएका छन् । ‘म त्यस दिन वडामा थिइनँ, मैलै रूख कटान भएको सूचना प्रहरीबाट थाहा पाएको हुँ,’ वडाध्यक्ष रानाले भने, ‘म वन क्षेत्रमा पुग्दा रूखहरू काटिएका थिए, कसले काट्यो भन्ने थाहा भएको छैन, वनले अनुसन्धान गर्दै छ, यसमा संलग्नउपर अनुसन्धान हुनुपर्छ र दोषीलाई कारबाही हुनुपर्छ ।’

सामुदायिक वन क्षेत्रबाट रूख काटिएको घटना’bout अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । अवैध रूपमा रूख काटिएको विषय सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले अनुसन्धान अगाडि बढाइएको जनाएको हो ।

यस्तै, गौरीघाट सामुदायिक वनमा पहिलो चरणको अनुसन्धान प्रक्रिया अगाडि बढेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । वन अधिकृत भरत शाहको नेतृत्वमा अनुसन्धान टोली गठन भएको हो ।

सब–डिभिजन वन कार्यालय पिपरैयाले बुझाएको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्दैजाँदा सो सामुदायिक वन क्षेत्रबाट खयर र सिसमका १ सय ६४ रूख काटिएको तथ्य फेला परेको वन अधिकारीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग