पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नंं ४ चिउरीबासमा फोर्स जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । लु १ ज ३९०८ नम्बरको फोर्स जिप दुर्घटनामा परी अन्य ८ जना घाईते भएका छन् ।
जिप नवलपरासीपुर्व अरुणखोलाबाट पाल्पाको रामपुर नगरपालिका आउदै गरेको हो । विहान करिब १० बजेको समयमा चिउरीबासमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले बताए ।
दुर्घटनास्थलबाट उद्धार गरिएका ८ जना घाईतेहरूको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको छ । जिप सडकबाट करीव २ मिटर तल खसेको र दुर्घटनाको अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत नभएको र पहिचानको लागी विभिन्न पक्षसँग सोधखोजको काम भईरहेको सूचना अधिकारी चौधरीले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)






