महोत्तरी । स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पु¥याउने उद्देश्यले मटिहानी नगरपालिकाले आजदेखि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको छ ।
नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले पालिका र वडाबाट प्रवाह हुने सेवाहरूलाई एकीकृत रूपमा जनतासमक्ष पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको बताए । उनले शिविरबाट स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।
आज वडा नं १ सिर्सियाबाट प्रारम्भ गरिएको शिविर क्रमशः सबै वडाहरूमा सञ्चालन गरिने जनाइएको छ । शिविरमा योजनासम्बन्धी अभिमुखीकरण तथा योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि दरखास्त सङ्कलनलगायतका सेवा प्रदान गरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)
सम्बन्धित समाचार
जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान
मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा ६० लाखको क्षती
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हल गोरु पाल्ने दुर्गमका किसानलाई नगद प्रोत्साहन
सरुवाको बेथितिले स्थानीय तह आजित
सुन्दरहरैंचामा प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न
चिसो बढेसँगै तल झरे भेडिगोठ






