हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन

हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन

काठमाडौँ । हिमाली भेगका अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित सिर्जनात्मक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले राजधानीमा विशेष सम्मेलन आयोजना गरिएको छ ।

अरनिको समाजको आयोजना भएको सो सम्मेलनमा नेपालको हिमाली क्षेत्र तथा मित्रराष्ट्र चीनको सिजाङ प्रान्तको अमूर्त सांस्कृतिक सम्पदाको प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने ’boutमा विचारविमर्श गरिएको थियो ।

सम्मेलनका क्रममा पूर्वमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यसखालका कार्यक्रमले नेपाल र चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे । नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले नेपालमा उत्पादित हस्तकलाका उत्पादनको विश्वव्यापीकरणमा महासङ्घ क्रियाशील रहेको बताए ।

अरनिको समाजका अध्यक्ष सुशील प्रजापतिले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए। कार्यक्रममा हिमाली भेगका अमूर्त सम्पदाको परिचय, प्रकार र विशेषतालगायत ’boutमा जानकारी गराइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ