बारा । बच्चा जन्मिदा साथ आमाको दुध पौष्टिक आहार मानिदै आएको छ । बढदो जिवनशैलीले गर्दा प्याकेटको दुधले आमाको दुधलाई विस्थापित गर्दै गएको तथ्याङ्कले देखाउँछ ।
कलैया स्थित करणराज होटलमा स्वास्थ्य कार्यालय बाराले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरू बिक्री–वितरण नियन्त्रण ऐन २०४९ तथा नियमावली २०५१ को परिचय तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
ऐन–नियमावली ’bout सहजकर्ता रबि कुमार भास्करले प्याकेटको दुध शिशुको लागि जहर समान रहेको बताए । स्वास्थ्यकर्मीलाई कुनै पनि संघ संस्था, कम्पनी, औषधी बिक्रेताले उपाहरको रुपमा प्याकेटको दुध दिएर प्रचार प्रसार गराउन खोजे त्यस्तोलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका थिए ।
एक सय जना शिशु मध्ये ५५ जनाले मात्र जन्मिन साथ आमाको दुध खाने गरेको तथ्याङ्कले देखाएको छ ।सुदूरपश्चिममा सबभन्दा बढी छ भने, ‘ वाग्मती प्रदेशमा सब भन्दा कम रहेको उनले बताए । ग्रामीण भेगमा ६३ प्रतिशतले दुध खुवाउछन भने शहरी भेगमा ५० प्रतिशतले खुवाउने गरेको भास्करले बताए ।
शिशु जन्मिन साथ आमाको दूधको महत्व ०८२\०८३ मा ऐन कार्यान्वयन गराउन जिल्लाका स्वास्थ्यकर्मी, औषधी व्सयवसायी, प्राइभेट स्वास्थ्य संस्थाका संचालक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको जनस्वास्थ्य संस्थाका फोकल पर्सन भागिरथ चौधरीले जानकारी गराएका छन ।
कार्यक्रममा कार्यलयका निमित्त प्रमुख रामनरेश यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान लगायतले बिक्री–वितरण नियन्त्रण ऐन २०४९ तथा नियमावली २०५१ कार्यान्वयन गराई प्याकेटको दुध निरुत्साहित गराउनु पर्नेमा जोड दिएका थिए । शिशुको स्वास्थ्यको लागि आमाको दुध वरदान रहेकोले सबैले बुझनुपर्ने वक्ताहरूले बताएका थिए ।






