नेकपा र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता पक्षधर समूहबीच समायोजन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता पक्षधर समूहबीच समायोजन भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेकपा र वरिष्ठ उपाध्यक्ष सुमन सायमीको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको हो ।

काठमाडौंको गुठी आन्दोलनबाट उदाएका सायमीसहित नेवाःअभियान्ताहरू र सहकारी पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्षसहित नेता नेकपामा भित्रिएका हुन् । उनी ‘बालेनको डोजर’ विरुद्ध निरन्तर संघर्षमा थिए ।

समायोजनका क्रममा दुईपक्षबीच ३ विषयका १७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह-संयोजक माधव कुमार नेपाल र सुमन सायमीले हस्ताक्षर गरे ।

दुईपक्षबीच शासकीय स्वरुप निर्वाचन प्रणालीमा जनमुखी सुधार गर्न आवश्यकता अनुसार संविधान संशोधन गर्ने सहमति भएको छ ।

त्यस्तै गैरन्यायिक सडक र खोला मापदण्ड समस्या समाधानसम्बन्धी सहमति पनि दुईपक्षबीच भएको छ भने सहकारी पीडित समाधानसम्बन्धी बिभिन्न बुँदामा सहमति भएको छ । सहमतिपत्रको कार्यान्वयनका लागि आवश्यक समन्वय निर्माण गर्न सडक, संसद् र सरकार तीनै तहबाट राजनीतिक संघर्ष सञ्चालन गर्न प्रतिवद्ध रहेको सहमतिपत्रमा उल्लेख छ ।

सायमी काठमाडौं ८ बाट चुनाव लड्ने तयारीमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना