सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा आज कर्णाली प्रदेश अस्पातलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए । उनका अनुसार सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको क.प्र.०२००१ ज.०६२३ नंको इभी गाडीसँग विपरीत दिशाबाट बिसीले चलाएको भे.६ प.३३२१ नंको मोटरसाइकल ठोक्किएको हो ।
घटनास्थलबाट इभी गाडी चालक वीरेन्द्रनगर नगरपालिका–७ का ४४ वर्षीय बालकृष्ण रिजाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)
सम्बन्धित समाचार
दशौं राष्ट्रिय खेलकुदको तयारीप्रति कर्णालीका मुख्यमन्त्री असन्तुष्ट
स्याउ बगैँचा व्यवस्थापनमा जुटे जुम्लाका किसान
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेदेखि
सुर्खेत–२ मा नयाँ अनुहारहरुबीच भीडन्त
कर्णालीमा गठबन्धन दल कांग्रेस-एमालेका उम्मेदवारहरू विजयी
लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर
नेपाल एसबिआई बैंक घ्याङलेख शाखामा लुटपाट, सुरक्षा गार्ड घाइते
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि






