रास्वपाले फागुनको पहिलो साता वाचापत्र सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुनको पहिलो साता वाचापत्र सार्वजनिक गर्ने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उपसभापति डा। स्वर्णिम वाग्ले सहितको टिमले वाचापत्र लेखन कार्य जारी रहेको प्रवक्ता मनिष झाले बताए।

रास्वपाले वाचापत्र लेख्नको लागि वाग्लेको नेतृत्व ‘वाचापत्र मस्यौदा कार्यदल’ बनाएको थियो। कार्यदलमा डा। नन्दन यादव, डा. अरनिको पाण्डे लगायतको संलग्नता रहेको प्रवक्ता झाले बताए।

उनले भने, ‘भौगोलिक, ‘व्यावसायिक क्षेत्रगत साथै दलको संयन्त्रबाट सुझाव सङ्कलन पश्चात् मस्यौदा बन्दै छ। फागुन पहिलो सप्ताह सार्वजनिक गर्ने तयारी हुँदै छ।’

रास्वपा वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना