काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी प्रचारमा हिँड्दा अछाममा बेहोस भई ढलेका पत्रकार दिनेश सिटौलाको मृत्यु भएको छ ।
अछामबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत हुँदै काठमाडौं ल्याइएका सिटौला उपचाररत अस्पताल ग्रान्डीले आइतबार मृत घोषणा गरेको हो । अस्पतालका अनुसार उनको आइतबार १२ः४५ मा मृत्यु भएको हो ।
शुक्रबार बिहान बेहोस भएका उनलाई त्यही दिन दिउँसो सेनाको स्काई ट्रकममा काठमाडौं ल्याएर ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । ४५ वर्षीय सिटौला पछिल्लो समय फिल्महरूका मिडिया संयोजकका रुपमा सक्रिय थिए । उनले एक सिने अनलाइन पनि सञ्चालन गर्दै आएका थिए ।
बालेन्द्र समूहमा निकट रहेर सक्रिय उनी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव प्रचारका लागि पश्चिम पुगेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)
सम्बन्धित समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग
अब विशेष अदालतसँगै विज्ञ समूहले हेर्नेछ टेरामक्स भ्रष्टाचार मुद्दा
चुनावी अभियानमा ढलेका सिटौलाको अवस्था बुझ्न अस्पताल पुगे बालेन
रास्वपाबाट आशिका तामाङ उम्मेदवार
सञ्चारमन्त्री जगदीश खरेल राजीनामा दिँदै
शिक्षामन्त्री महाविर पुनले पनि दिए राजीनामा
कार्की आयोगको प्रतिवेदन बुझ्न सरकारको आनाकानी
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु






